लुम्बिनीमा एचपीभी खोप अभियान सञ्चालन

अन्जना चौहान/लुम्बिनी

माघ २५ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै एचपीभी खोपसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। नेपालमा हरेक वर्ष २,१६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने र १,३१३ जनाको मृत्यु हुने तथ्याङ्क सार्वजनिक गरिएको छ।
महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण बनेको छ। यो रोग यौन सम्पर्कबाट सर्ने भएकाले यसको रोकथामका लागि नेपालभर ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सञ्चालन गरिएको छ।
रुपन्देही जिल्लामा पनि आगामी फागुन १ देखि ६ गतेसम्म यो अभियान सञ्चालन हुनेछ। लुम्बिनी साँस्कृतिक नगरपालिकाका १३ वडामध्ये १२ वडामा खोप …