logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अन्तर्राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी र व्यवस्थापक चौधरी सम्मानित


    २२ असार २०८२ , आइतबार

    अन्तर्राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी र व्यवस्थापक चौधरी सम्मानित

    भैरहवा, असार २२ । १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा मायादेवी गाउँपालिका सहकारी शाखाको आयोजनामा उत्कृष्ट सहकारी संस्था र सहकारी कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार, असार २० गते मायादेवी गाउँपालिकाको सभाहलमा आयोजना गरिएको थियो।

    उक्त अवसरमा मायादेवी गाउँपालिका नियमन क्षेत्रभित्र क्रियाशील सहकारी संस्थाहरूमध्ये उत्कृष्ट सहकारीको रूपमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, मायादेवी–६, लाई सम्मान गरिएको छ। यस्तै, कर्मचारी सम्मानतर्फ सुखदुःख बचत तथा ऋण सहकारी संस्था, मायादेवी–१, का व्यवस्थापक विद्या चौधरीलाई सम्मान गरिएको हो।

    कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले गर्नुभएको थियो। गाउँपालिका उपाध्यक्ष नर्वदा देवी उपाध्याय, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू तथा गाउँपालिकाका पदाधिकारी गरी झण्डै ७० जनाको उपस्थिति रहेको थियो।

    कार्यक्रम सञ्चालन सहकारी शाखा प्रमुख सीता थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रशासन शाखा प्रमुख पम्फा पन्थले दिनुभएको थियो।

    सहकारी क्षेत्रको पारदर्शिता, सेवा प्रभावकारिता र समावेशी सहभागिताका लागि उत्कृष्ट योगदान दिने संस्था तथा व्यक्तिहरूलाई सम्मान गरी सहकारी अभियानलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.