रुपन्देही . रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मिको नाम हो दीपक बोहोरा । बुटवल तानसेन सडक र भालुवांग प्युठान सडकको ट्रयाक खोलेर पन्चायत कालमा समाजसुधारक बडाहाकिमका रुपमा परिचीत प्रतिमान चन्द बोहोरा र नीमा बोहोरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक रुपन्देहीको विकासको सुत्रधाराको रुपमा चिनिएका छन् ।
नेपाली राजनीतिमा चारदशकदेखि क्रियाशील उनले रुपन्देहीमा भैलुभुज आयोजना ल्याएर समग्र रुपन्देहीका उराठ लाग्दा खेतहरुलाई सिंचीत गराउन सफल भए । सोहि आयोजनासँगै गाउगाउमा बाटोघाटो र विद्युतिकरण समेत भएको पाका पुस्ताका स्थानियहरुले अझै भुलेका छैनन ।
०४२।०४३ सालताका बोहोराकै पहलमा रुपन्देहीमा भैलुभुज आयोजना मार्फत गाउगाउमा खानेपानी र सिंचाईको पानीको विस्तार गरिएको हो ।
बिक्रम सम्बत २०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय राजनीति शुरु भएको हो । विक्रम सम्बत २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका बोहोराले लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दिएका छन् । उनकै पहलमा घरेलु विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थललाई थप व्यवस्थीत गर्ने काम भएको हो ।
बोहोरा पन्चायतकालमा पनि विकासप्रेमी नेताको रुपमा ख्याती प्राप्त थिए । दरबार र जनताको रोजाईमा परिरहने बोहोराकै व्यक्तिगत पहलमा शंकरनगर खानेपानि आयोजना, धकधई खानेपानी आयोजना मार्फत जिल्लामा खानेपानीको अभाव समाधान गर्ने पहल भएको हो । उनकै पहलमा रमवापुर लुम्बिनी सडकको ट्रयाक, बनगाई मर्चवार सडक विस्तारमा पहल, विभिन्न क्षेत्रमा शिक्षालयहरु पनि बोहोराकै पहलमा भएको हो ।
पन्चायतकालमा नेपाली राजनीतिमा चर्चित धेरै नामहरु मध्ये बोहोराले बुटवलको दीपनगरमा नयाँ बस्ती बसालेका थिए । यसैले उक्त ठाउलाई स्थानियहरुले दीपककै नामबाट दीपनगर बनाएको हुन् ।
जिल्लाको मर्चवारदेखि सालझन्डी, लुम्बिनीदेखि धकधई हुदै देवदह चरंगे सम्म , सेमलारदेखि चिल्हीया हुदै भैरहवा बेलहिया सम्म बोहोराले बाटोघाटो, विजुली, विद्यालय, खानेपानि, सिंचाई, स्वास्थय जस्तो भौतिक विकास र समाजीक विकासमा नगरकेो भन्ने कुनै ठाउ खाली नरहेको देखिन्छ ।
यसैले स्थानियहरुले समग्र रुपन्देहीको विकासको सुत्रधार दिपक बोहोरा भएकोले आसन्न निर्वाचनमा उनलाई हलो चुनाब चिन्हमा मतदान गरेर जिताउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पन्चायतकालम जति योगदान गरे बोहोराले त्यो भन्दा बढी गणतन्त्र पश्चात पनि गरेको ईतिहाँसले देखाएको छ । शासन व्यवस्था परिवर्तन भएसँगै आफुलाई पनि परिवर्तन गरेर नेपाल र नेपालीको चाहना अनुसार २०७० सालमा दोस्रो संबिधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र न.२ (दुई) बाट संबिधानसभा सभासदमा निर्वाचित भई गणतन्त्र नेपालको संविधान बनाउन महत्वपुर्ण योगदान दिएका बोहोरा कांग्रेस एमालेका शीर्ष नेताको मात्रै होइन रुपन्देहीबासीको सबैभन्दा रोजाईको नेता बन्ने गरेका छन् ।
पाँच बर्ष अगाडी २०७४ सालको निर्वाचनमा बोहोरालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनाएर चुनाबी कमान्ड सम्हालेका कांग्रेसका तत्कालिन नेता बालकृष्ण खाण यतिबेला बोहोरासँगै प्रतिसपर्धा गर्नेगरी चुनाबी मैदानमा छन् । पाँच बर्ष अगाडी नेपालकै बिकासप्रेमी, रुपन्देहीको विकासको सुत्रधार दीपक बोहोरा भनेर खाणले ठाउठाउमा आयोजित चुनाबी सभा र कार्यक्रममा गरेको भाषणले रुपन्देहीबासीले भुलेका छैनन ।
यतिबेला एमाले र जसपाले बोहोरालाई चुनाब जिताउन लागिपरेको छ। कंग्रेस, एमाले, जसपा, लोसपा सबैको साझा उम्मेदवार जस्तै देखिएका बोहोरालाई रुपन्देहीमा धेरैले दीपक दाई भनेर चिन्ने गर्दछन् ।
बोहोराले जति पटक मन्त्री भए त्यति पटक राम्रो गरेको देखिन्छ । आपूर्ति मन्त्रालय ¬¬— २०७३, श्रम तथा रोजगार मन्त्रालय —२०७२, वन तथा भूसंरक्षण मन्त्रालय —२०६७ को मन्त्री बनेर देश सेवा गरेका बोहोरा पन्चायत कालमा , निमार्ण तथा यातायात मन्त्रालय —२०४४ , निमार्ण तथा यातायात मन्त्रालय —२०४३ , राज्य मन्त्रि : पर्यटन मन्त्रालय —२०४०, राज्य मन्त्रि : पर्यटन मन्त्रालय— २०३८ , सहायक मन्त्रि : पर्यटन मन्त्रालय —२०३८ मा रहि जनपक्षिय काम गरेका थिए ।
नेपाली साहित्य कला संगीत क्षेत्रको अग्रहणी व्यक्तित्व उन्नती बोहोरा शीलाको जीवनसाथिको रुपमा रहेका बोहोराको बिहानदेखि साँझ सम्म जनताको कुरा सुन्ने र घरघर पुगेर मैत्रीपुर्ण भेटघाटलाई सबैले खुसीको अनुभुति गरेको देखिन्छ ।
आसन्न निर्वाचनमा निर्वाचित भएपछि समृद्ध लुम्बिनी, समृद्ध रुपन्देहीको खाका सहित १३० बुँदे योजना सहति चुनाबी मैदानमा उत्रीएका बोहोराको जित सुनिश्चित रहेको राजनीतिक विश्लेषकहरुको तर्क छ । विश्लेषकहरुले भन्ने गरेका छन, ‘सहजै भेट्न सकिने, जतिबेला पनि फोन म्यासेजको रेस्पोन्स गर्ने, विकासप्रेमी नेता हुन बोहोरा उनको विकल्प छैन यतिबेला । ’
बोहोराले रुपन्देहीमा नगरेको भन्ने कुनै काम नरहेको राप्रपा केन्द्रिय सदस्य स्वाति थापाको दाबि छ । यो समाचारदाताले थापालाई बोहोराले रुपन्देहीमा के गर्नुभएको छ ताकि मत दिन जनता बाध्य होउन भनि सोधेको जिज्ञासामा भनिन, ‘विक्रम सम्बत २०३० साल यता रुपन्देहीमा जे जति काम भए तीनको ईतिहाँसको तथ्यांक विश्लेषण गर्नुहोस् । हरेक योजनामा दीपक बोहोरा जिको पहलकद्मी छ । स्थल मार्ग र हवाई मार्गको विस्तार मा उहाँले गरेको काम उत्तिकै महत्वपुर्ण छ । अहिले चलिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया बुटवल छ लेन सडक, बेथरी –तामनगर निर्माणाधीन सडक, भैरहवा –परासी सडक, भैरहवा लुम्बिनी तिलौराकोट सडक जस्ता गौरबका आयोजना मात्रै हेरे पुग्छ । तथा ०४२ सालताका भैलुभुज आयोजना रुपन्देहीमा ल्याएर समग्र जिल्लाको खेतहरुलाई सींचित गर्ने काम, गाउ गाउमा विद्यूतिकरण , गाउगाउमा सडक सन्जाल विस्तार, शंकरनगर खानेपानि , धकधई खानेपानि परियोजना मार्फत शुद्ध खानेपानिको विस्तार मात्रै होइन बुटवलको दीपनगरमा सुकुम्बासीहरुलाई बस्ती बसाल्ने काम, वातवरण र हरियालीको क्षेत्रमा गरेका धेरै काम , शिक्षा र स्वास्थ्यमा मात्रै नभई समग्र मानव विकासको क्षेत्रमा उहाँले गरेका हजारौ काम छन जुन यहाँ उल्लेख गरेर सम्भब छैन । तपाई सक्नुहुन्छ भने एक पटक बुटवल दीपनगरका मानिसहरुलाई सोध्नुस् वा भैरहवा, अमुवाका मानिसरुलाई की दीपक बोहोराले के गरे रुपन्देहीकोलागि भनेर अनि तपाई प्रस्ट हुनुहुनेछ ।
उहाँ पहिलो पटक सहायक पर्यटन मन्त्री हुदा तत्कािलन समयमा शान्तिनगरमा रहेको विमानस्थललाई हालको स्थानबाट सन्चालन गर्ने र भैरहवा विमानस्थलको अन्तराष्ट्रियकरणकोलागि पहल गर्नुभयो । पछिल्लो समय भैरहवा विमानस्थललाई भैरहवामै सन्चालन गर्ने र मुआब्जा दिलाउने काममा ठूलो योगदान रहेको छ । यसैगरी बृहत्तर लुम्बिनी क्षेत्रको विकासकोलागि विशेष योजना र लुम्बिनी गुरुयोजना लाई अगाडी बढाउन पनि उहाको पहल रहेको छ । यसैगरी उहाँ बन तथा भुसंरक्ष मन्त्री हुदाँ विश्व माझ परिचीत गराउने गरी सबैभन्दा उचाई भएको सगरमाथाको बेस क्याम्प कालापथ्थरमा मन्त्रीपरिषद बैठक बसालेर जलवायु परिवर्तन सम्बन्धमा विश्वको ध्यान आकर्षण् गर्न सफल भएको थियो । उक्त मन्त्रीपरिषद बैठकबाट बाकें राष्ट्रिय निकुन्जको क्षेत्र विस्तार, गौरिशंकर हिमाल संरक्षण क्षेत्रको घोषणा, अपिनप्पा हिमाल संरक्षण क्षेत्रका रुपमा महत्वपुर्ण काम भएको थियो । यसैगरी जैबिक विविधता र बन्य जन्तु संरक्षणकोलागि विशेष पहल भएको छ भने उहाँकै अग्रसरतामा डब्लींग द टाईगर मिशन शुरु गरि बाघ संरक्षण गर्ने काम सफल भएको छ । सन् २००९ मा १२१ वटा बाघ रहेकोमा यतिबेला ३५५ बाघ रहेको तथ्यांक रहनु पनि डब्लींग द टाईगर मिशनको सफलता हो । यसैले संरक्षण क्षेत्रमा कार्यरत माझ उहा टाईगर मिनीस्टर पनि भन्ने परिचय छ । यसैगरी २०७४ मा स्वास्थय मन्त्री हुदा जनपक्षीय धेरै निर्णय भएको छन् जस्तो दीर्घरोगी मृगौला, क्यान्सर, मुटु तथा मेरुदन्डको समस्याबाट ग्रस्त दीर्घरोगीकोलागि मासिक ५ हजारको दरले सरकारले सहयोग गर्ने लागु गरेको थियो । उक्त नीति अहिले पनि विद्यमान रहेको छ । कोभिढको समयमा उहाँको अग्रसरतामा नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।
म फेरि पनि भन्छु, ५० बर्षदेखिको राजनीतिक निरन्तरता, स्थानिय विकास निर्माण र राष्ट्रिय एवं अन्तराष्ट्रिय राजनीतिमा पहुँच र प्रभाव राख्न सक्ने क्षमता भएको सबै पाटिका शीर्ष नेताहरुसँगको राम्रो सम्बन्ध भएको कारणले दीपक बोहोराले विगतमा धेरै राष्ट्रिय गौरबको आयोजनाहरु, एडिबीको कार्यक्रमहरु रुपन्देही क्षेत्र नम्बर ३ मा ल्याउन सफmल हुनुभएको हो । निर्वाचन जितेर मात्रै होइन त्यसकोलागि सबै ठाउमा पहुँच र विश्वास विस्तार भएको हुनुपर्छ । हाम्रो तीन दलिय साझा उम्मेदवार दीपक बोहोरा, महेन्द्र यादव र तुलसी चौधरी जाति, भुगोल र स्थानियताको हिसाबले पनि विविधतामा एकता भएको नेताहरु हुन् । राप्रपाको बरिष्ठ नेता बोहोरा, जसपाको केन्द्रिय नेता यादव र एमालेको केन्द्रिय नेता चौधरीको पक्षमा यतिबेला रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल तयार भईसकेको छ । विगतका धेरै योजनाहरु जस्तो की डन्डा करिडोरको काम अगाडी बढाउनुपर्नेछ, भैरहवा मन्डपकोलागि जग्गा व्यवस्थापन गर्दै मन्डप निर्माण गर्नुपर्नेछ, क्षेत्रको मुख्य बजारहरुमा पार्किंग समस्या भईरहेको छ त्यसकोलागि योजनाबद्ध काम गर्नुपर्नेछ । उचीत खेल मैदान, खेल खेलाडीको संरक्षण, फोहोर मैला व्यवस्थापन, सामाजिक तथा साहित्यीक संघसंस्थाको विकास, सञ्चार गृहहरुको संरक्षण तथा अन्तराष्ट्रिय सीमाना बेलहियादेखि पुर्व पश्चिम राजमार्ग सम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासकोलागि अल्पकालिन र दीर्घकालिन योजना सहितको गुरुयोजना बनाएर भौतिक र सामाजिक विकासको काम गर्नकोलागि पनि मतादातालाई यसपटक प्रतिनिधीसभा सदस्यमा हलोमा, प्रदेश १ मा छाता र प्रदेश २ मा सुर्यमा मतादान गर्नुपर्छ ।