logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रूपन्देही ५ एमालेका उम्मेदवार वासुदेव घिमिरे विजयी


    ८ मंसिर २०७९ , बिहिबार

    रूपन्देही ५ एमालेका उम्मेदवार वासुदेव घिमिरे विजयी

    अञ्जना चौहान

    भैरहवा, ८ मंसिर । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे विजयी भएका छन् । ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरत कुमार शाहलाई हराउँदै घिमिरे विजयी भएका हुन् ।

    घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १ सय २० मत प्राप्त गरे । यसअघि उक्त क्षेत्रमा कांग्रेसका शाहले जित्दै आएका थिए । एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् । तिलोत्तमा नगरपालिकाको मेयर भएर उनले राम्रो काम गरेका थिए ।

    १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.