दीपक जैसवाल
लुम्बिनी, मसिर । रुपन्देहीको गैडहवा स्वास्थ शाखाको आयोजनमा ३५ औं विश्व एड्स दिवस कार्यक्रम सम्पन्न भएको छ ।
३५ औं एडस दिवस अवसरमा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले एड्स रोग लागेका नागरिकलाई गाउँपालिकाले सधै सम्मान गर्ने बताउदै एड्स रोगको अहिले नेपालमा केही सुधार भएको भन्दै गैडहवा गाउँपालिकामा पनि यो रोगको बारेमा जनतालाई चेतनामूलक कार्यक्रम गर्ने भनाइ राख्नु भएको थियोे ।
अध्यक्ष पौडेलले गाउँपालिका भित्र बसोबास गर्ने सम्पूर्ण बसोबास जुनसुकै रोग लागेका मानिसहरुलाई राम्रो ब्याबर गर्दै समाज परिवर्तनमा सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले हरेक नागरिक स्वास्थ रहन दैनिक क्रियाकलापमा ध्यान दिनुपर्ने भन्दै दीर्घकालीन रोगको बारेमा सरकारले पनि विशेष योजना ल्याउनु पर्ने भनाइ राख्दै एड्स रोगको बारेमा धेरै मानिसले स्वास्थ्यको ख्याल नगर्दा लाग्ने रोग भएकोले एडसको बारेमा स्वास्थ्य साखाले महत्त्वपूर्ण कार्यक्रम सन्चालन गर्ने बताउनु भयो ।कार्यक्रममा गैडहवा गाउँपालिका विभिन्न शाखा प्रमुख कर्मचारी जनप्रतिनिधि सञ्चारक्रमिको उपस्थिति रहेको थियोे ।