शिक्षा, स्वास्थ्य, पशु, पूर्वाधार र सिचाई प्रशासनिक भवन अध्यक्ष यादवको मुख्य प्राथमिकता
पशूपति यादव
रोहिणी, मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकाले १५ शैयाको अस्पताल र प्रशासनिक भवन निर्णय गर्ने भएको छ ।
गाउँपालिकाको वडा न.३ अन्तर्गत लक्ष्मीपुरको कोटहिमाई मन्दिरको पूर्वतिर अस्पताल निर्माण गर्ने हुलाकी सडकको उत्तर तिर प्रशासनिक भवन निर्माण गर्ने सुचना शाखाले जनाएको छ ।
नेपाल सरकारको अन्तर्गत रहेको स्वास्थ्य मन्त्रालयको नीति अनुसार एक गाउँपालिका एक १५ शैयाको अस्पताल निर्माण गर्ने पालिका क्षेत्र भित्रका स्थानीयहरुको स्वास्थ्य अवस्था र आवश्यक्तालाई मुख्य प्राथमिक्तामा राखि अस्पताल निर्माण गर्न लागेको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीतिलाई गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्ष ०७९/८० को बजेटमा स्वास्थ्य क्षेत्रका साथसाथै शिक्षा, सिचाई, कृषि, पशु र पूर्वाधार लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए ।
बुद्धसंग जोडिएको रोहिणी गाउँपालिकालाई विकास विस्तार र समृद्धिको लागि बजेटले सक्रियता देखाएको छ ।
संघ र प्रदशले यस गाउँपालिकाका बजेट विनियोजनमा ध्यान दिनमा आवश्यक छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि अध्यक्ष यादवले विकास निर्माणका साथै पुर्वाधार विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । उनले भाडामा अब्यवस्थित रहेको गाउँपालिको कार्यालयलाई व्यवस्थित बनाउनका लागि नया भवन निर्माणको थालनी गरेका छन् । उनले रोहिणीबासीको तथा अशक्त, बृद्ध र असाहयको उपचारका लागि अस्पतालको निर्माणको शुरु गरेको पनि गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष यादवले भने बुद्ध संग जोडिएका रोहिणी भएकाले पर्यटकीय रुपमा समेत पालिकाको विकास गर्नु पर्ने छ । कृषि क्षेत्रलाई संरक्षण गर्नका लागि गाउँपालिकाले बजेटमा व्यवस्था गर्नुका साथै कृषकहरुलाई उत्प्रेरणा समेत जगाउने कार्यक्रमहरु ल्याएको देखिन्छ । कृषि पेशामा लागेका युवाहरुलाई कृषि पशूपालन तरकारी खेती स्वरोजगारमुखि बनाउन गाउँपालिकाले तालिम तथा आवश्यक अनुदान सहयोग गर्ने अध्यक्ष यादवले लुम्बिनी खबर संगको कुराकानीमा बताए ।
बुद्ध संग जोडिएको रोहिणी गाउँपालिकाले शिक्षा क्षेत्रलाई समेत उच्च प्राथमिकता राखेर बजेट व्यवस्थापन गरेको छ । सामुदायिक विद्यालयहरुलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि पालिकाले प्राविधिक शिक्षामा जोड दिएको छ । जनस्वास्थ्य मन्त्रालयको नीति अनुसार एक गाउँपालिका एक अस्पताल अन्तर्गत १५ शैयाको अस्पताल रोहिणीमा सार्वजनिक जग्गा बाटो निर्माण सहितको डि.पि.आर पछिको मन्त्रालयको स्वीकृति अनुसार नै अस्पताल ािर्माणका कार्य सञ्चालन हुने प्रमुख प्रशासकिय श्री प्रसाद गौतमले जानकारी दिए ।
रोहिणी उपाध्यक्ष न्यायक समितिका संयोजक शीव कान्ति चमारले प्रशासनिक भवन र १५ शैयाको अस्पताललाई प्राथमिकतामा राखि हामी सबै पालिका परिवार लागिपरेका छौं उपाध्यक्षले भनिन । रोहिणी प्रवक्ता वडा नम्बर ३ अध्यक्ष वीरबहादुर क्षेत्रीले विकेन्द्रित व्यवस्थालाई जनताले उपभोग गर्ने गरि धेरै कुराहरु घर आगनमा नै सेवा सुविधा उपलब्ध हुने पालिका स्तरीय १५ शैया अस्पताल सेवा सुविधा सम्पन्न निर्माण कार्यका लागि आफुहरु लागिपरेका प्रबक्ताले बताए ।