कमल रायमाझी
भैरहवा, २१ मंसिर । रुपन्देहीमा रुपन्देहीमा महिला हिंसाको बढदो रुपमा देखिन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा महिला हिंसामा परेर आउनेहरुको संख्या वार्षिक रुपमा बढदैं गएको तथ्याङ्कले देखाएको छ । महिला हिसां न्यूनीकरणका लागि राज्यले कडा कानुनको व्यवस्था गरेपनि व्यवहारमा लागे भएको देखिदैन् । सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक रुपमा महिलाहरु पुरुषबाट हेपिएका जलन्त उदाहरणहरु रुपन्देहीमा प्रसस्त भेटिन्छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता अन्तर्राष्टिय स्तरमा नेपालले गरेपनि व्यवहारमा कार्यान्वयन नहुदाँ महिलाहरु प्रताडित हुनुपरेको हो ।
समाजमा हुने कुरिति, पछौटेपन , अशिक्षा, अन्धविशवास रविभेदपूर्ण सामाजिक परम्पराका कारण नेपालमा महिला हिंसाको ग्राफ दिनहुवढ्दै छ । विशेष गरेर नेपालमा महिला माथि घरेलुहिंसा, बोक्सी प्रथा, दाईजो प्रथा का कारण शारिरीक तथमा मानसिक यातनाहरु हुने गरेका छन् । पैत्रीसत्तात्मक सोचका कारणले महिला माथि विभेद हरुने गरेको समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजाल बताए । कुसंस्कार, बिधवा प्रथा, घुम्टो प्रथा, बाल तथा अन्मेल विवाहको समेत नेपालमा अन्त्य हुन नसक्नुको समाजका लागि दुर्भाग्य भएको सह प्राध्यापक रिजालको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको बिगत वर्षहरुको तथ्याङ्क हेर्दा महिला हिंसा अगाडि बढदो ग्राफमा छ । आर्थिक वर्ष ०७७/७८मा जवरजस्ती उद्योगमा ३८ जना, बहुविवाह ४, मानव वेचविखन लगायत विभिन्न घरेलुहिंसाको घटनाहरु २९५ गरी जम्मा ३३७ उजुरी परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८/ ८०मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जवरजस्तीकरणी उद्यँेग ५, मानव बेचविखन ४, बहुविवाह ४ विभिन्न घरेलुहिंसा ३०५ वटा गरि जम्मा ३१८ दर्ता भएको छ । आर्थिक वर्ष ०७९/८० को कार्तिक मसान्त सम्म मानव बेचविखन ३, जवरजस्ती उद्योगकरणी ४, विभिन्न घरेलुहिसां २०० वटा उजुरी दर्ता भएको प्रहरी रेकार्डमा देखिन्छ ।
महिला विरुद्ध हुने विभिन्न किसिमका विभेद र हिंसाको न्यूनीकरणका लागि नेपाल सरकार र डालरवादी गैरसरकारी संस्थाहरुले विभिन्न किसिमका कार्यक्रम गरी करोडौ खर्च गरे पनि घटनामा पमि नआउनले उनीहरुले गर्ने कार्यक्रमहरु उपलब्धी विहिन छन् । विभिन्न अधिकार कमीहरुले संस्थाको सहयोगमा ५ तारे होटेलमा गर्ने महिला ह्रिसा सम्बन्धी कार्यक्रम सेमिनार र गाृष्ठीले दुर्जराजमा बस्ने महिलाहरुलाई नछोएको देखिन्छ । महिला हिंसा अन्त्यका लागि समाजमा शिक्षा र स्वास्थ्य तथा आर्थिक विकास हुनु जरुरी छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका उपनिरीक्षक रवीन्द्र रेग्मीले भने,“समाजमा चेतनाको कमि, बेरोजगारी, परम्पराबादी संस्कार ्, वैदेशिक रोजगार, जस्ता कारणहरुले महिला हिंसा बढेको हो । यसको रोकथामका लागि सबै पक्षले सहकार्य गरेर अगाडि बढनुपर्ने प्रहरी उपनिरीक्षक रेग्मीले बताए ।