रुबिना थापा
मायादेवी, २१ मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नं.– १२ को विकास र समृद्धिका कार्यहरु द्रुतगतिमा अगाडि बढेको छ ।
वैशाख ३१ गतेको स्थानीय निर्वाचन पश्चात वडाले भौतिक पूर्वाधार निर्माणका लागि विकासका कार्यहरु अगाडि बढाएको वडा अध्यक्ष कुमार गुरुङ्गले जानकारी दिए । जनता पथ हुँदै तमु पथ, दीपज्योति पथ र भिमकाली पथलाई मुख्य व्यापारिक केन्द्र बनाउने उद्देश्यले विकासको कार्यहरु द्रुतगतिमा अगाडि बढाएको वडा अध्यक्ष गुरुङ्ले बताए ।
भौतिक निर्माणको साथसाथै हामीले हाम्रो समाजको महत्वपूर्ण पाटो समाजिक विकास अन्तर्गत पर्यटन विकास, कृषि विकास, फोहोर मैला व्यवस्थापन, आर्थिक विकास, वातावरण तथा विपत व्यवस्थापनमा काम गरिरहेको गुरुङको भनाई रहेको छ ।
संस्थागत सुशासन एवम् सीपमूलक तालिम यस्ता महत्पूर्ण शीर्षकहरुमा वडाको कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गरि जनताको पक्षका कामहरु भैरहेको वडा अध्यक्ष गुरुङ्गले बताए ।
विकासका विभिन्न कार्यहरु गर्दै गर्दा वडा नं.– १२ ले नगरपालिकाको विकास र समृद्धिलाई अगाडी बढाउने भुमिका निर्वाह गरेको छ । वडा अध्यक्ष गुरुङले भने,“ आगामी ५ वर्षमा सिद्धार्थनगर नमुना नगरको रुपमा परिचित हुने छ ।”
स्थानीयक्षेत्रको पुर्वाधार विकास र व्यापारिक केन्द्रको बिकासमा अगाडी बढेकाले यहाँको पर्यटन क्षेत्रको विकासलाई संस्थागत गर्ने गुरुङको योजना देखिन्छ । वडाक्षेत्रको विकासमा महत्वपुर्ण कामहरु अगाडी बढेपनि वडा नम्बर १२ को वडा भवन जिर्ण हुदाँ कर्मचारीहरुलाई काम गर्दा त्रास बनाएको छ । गुरुङ भन्छन्, “ वडाको प्रशासनिक भवन निर्माणमा नगरपालिकाले छिट्टै निणर्य गरेर कामको थालनी गर्नुपर्नेछ ।
वडा बासीहरुमा परेको समस्याहरुलार्ई वडाले नै समाधान गर्ने गरेको छ । केहि जटिल प्रकारका समस्या आएमा नगरपालिका समक्ष पेश गरिने अध्यक्ष गुरुङले बताए । एककार्यकाल वडा सदस्यमा जननिर्वाचित भएर कामको अनुभव पछि वडा अध्यक्षमा जनअनुमोदन भएका गुरुङले आफ्नो वडालाई विकासको उच्च गतिमा अगाडी बढाएकोमा स्थानीयहरु समेत हर्सित देखिन्छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का हेमन्त जोशीले वडा अध्यक्ष कुमार गुरुङले जनताको चाहाना अनुसार काम गरेकाले आफुहरु उहाँको काम प्रति सन्तुष्ट रहेको बताए । बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकासमा वडा अध्यक्ष गुरुङले वडा अध्यक्षमा निर्वाचित भएसंगै राम्रो ढंगले शुरु गरेको देखिन्छ । उनको यो शुरुवातले पूर्णता पाउनेमा स्थानीयहरु ढुक्क देखिन्छन ।