logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लैङ्गिक हिंसा विरुद्ध १६ दीप प्रज्वलन कार्यक्रम सम्पन्न


    २२ मंसिर २०७९ , बिहिबार

    लैङ्गिक हिंसा विरुद्ध १६ दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    अन्जना चौहान
    लुम्बिनी, मंसिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा दीप प्रज्वलन कार्यक्रम लुम्बिनीमा आयोजित भएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र सुनगाभा सामुदायिक विकास केन्द्रको समन्वयमा लुम्बिनी साथी संजाल रुपन्देहीद्वारा आयोजित गररिएको आयोजकले जानकारी दिए ।
    उक्त कार्यक्रम लैङ्गिक हिंसा विरुद्ध १६ दिने दीप प्रज्वलन कार्यक्रम नोभेम्वर २५ देखि १० डिसेम्वर सम्पन्न हुने हाम्रो चाहना महिला हिंसा लागु ओैषध, दाईजो प्रथा, वाल विवाह, भ्रष्टाचार मुक्त नाराको साथ कार्यक्रम संचालन गरिएको हो ।
    कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपाध्यक्ष कल्पना हरिजन ले हाम्रो समाज लैङ्गिक हिंसा एउटा प्रथाको रुपमा स्थापित भएको बताए । यो प्रथा समाजका लागि जटिल समस्याको रुपमा खडा भई सकेका हर्रिजनले जानकारी दिए । सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक रुपमा महिलाहरु पुरुषबाट हेपिएका जलन्त उदाहरणहरु हाम्रो समाजमा रहेका छन् । समाजमा हुने कुरिति, पछौटेपन , अशिक्षा, अन्धविशवास र विभेदपूर्ण सामाजिक परम्पराका कारण नेपालमा महिला हिंसाको ग्राफ दिनहुवढ्दै गएको कार्यक्रमका अध्यक्ष हरिजनले बताए । विशेष गरेर नेपालमा महिला माथि घरेलुहिंसा, बोक्सी प्रथा, दाईजो प्रथा का कारण शारिरीक तथा मानसिक यातनाहरु हुने गरेका छन् । पैत्रीसत्तात्मक सोचका कारणले महिला माथि विभेद गरेको अध्यक्षले कार्यक्रममा जानकारी दिए । महिला, पुरुष तथा तेस्रो लिङ्गी प्रति गर्ने दुरव्यवहार लाई त्याग गरी सम्पूर्ण मानवजातिलाई मानवताका रुपमा व्यवहार गर्ने कार्यक्रमका अध्यक्ष हरिजन बताए । यस्ता हिंसालाई हटाउन सम्पुर्ण मानव जातिले आफनो घरवाटै हटाएमा मात्र यस्ता प्रथा हटाउन सकिन्छ कार्यक्रमका अध्यक्ष हरिजन बताए ।
    उक्त कार्यक्रमा लुम्बिनी साथी संजालका अध्यक्ष शीला हरिजन, लुम्बिनी साथी संजालका सचिव श्याम कुमार यादव, किशोर किशोरी लुम्बिनी इलाका प्रहरी शसस्त्र प्रहारी बल लगायतका किशोर किशोरी ,यूवा युवती तथा अन्य जनसमुदायकोे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यत्ररम सञ्चालकले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.