logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कञ्चन गाउँपालिकामा १९ औँ महिला सामाजिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउदैं


    २२ मंसिर २०७९ , बिहिबार

    कञ्चन गाउँपालिकामा १९ औँ महिला सामाजिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउदैं

    दीपक कलवार
    सुर्यपुरा, मंसिर । रुपन्देहीको कञ्चन गाउँपालिकाकामा १९ औं महिला सामाजिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । मंगलवार “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य, प्रवर्धनमा हाम्रो एक्यबद्धता” भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस दिवसको अवसरमा निस्वार्थ रुपमा स्वास्थ्य सेवा दिदैं आएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु संग शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।
    कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चन गाउँपालिकाको अध्यक्ष नवराज ढकालले समुदायलाई स्वास्थ्य बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान सरहनीय रहेको कार्यक्रममा बताउनु भयो । कुनै तलब, सुबिधा, नलिई निस्वार्थ रुपमा समुदायमा स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउने कार्यमा खटि रहनु भएको महिलालाई जति सम्मान गरे पनि अपुग हुने अध्यक्ष ढकालले बताए । उहाले स्वयंसेविकाको काम सामान्य विषय नरहेको बताउदै महिलाहरु संग हुने घर भित्रको आफ्नै समस्या बीच पनि सेवा गर्ने भावनाले समुदायलाई स्वास्थ्य वनाउन निरन्तर खटिदै आएको स्वयंसेविकालाई गाउँपालिकाबाट शुभकामना अदान प्रदान कार्यक्रम गरिएको र कञ्चनमा सुकम्वासी समस्या समाधान गर्न गाउँपालिका लागि परेको बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मौषमी थापाले महिला दिदीबहिनीको हक हितको लागि आफू जहिले पनि तयार रहेको भन्दै तलब बिना स्थानीय जनतालाई सेवा दिएकोमा स्वास्थ्य सेविकाहरुलाई धन्यावाद दिदै स्वास्थ्यका हरेक परिवर्तनमा स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
    दिवसको अवसरमा शुभकामना सन्देश दिदै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले महिला स्वयंसेविकाको सेवालाई प्रशंसा गर्नु भएको छ । पन्थीले चिकित्सकको शहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सक विहिन रहेको बताउनुभयो ।
    स्वास्थ्य कर्मचारी संगै विरामीलाई राम्रो सेवा दिन सहयोग गर्ने हाम्रो देशमा स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका श्रहनीय रहेको बताउदै स्वयंस्विकाहरुको भुमिका समाज परिवर्तनमा ठूलो योगदान हुने भन्दै गाउँपालिकाले सधै सम्मान गर्ने बताउनुभयो ।
    १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विभिन्न कार्यक्रम, कुर्सी दौड,हाजिरी जवाफ प्रतियोगिता र घैटो फोड प्रतियोगिता आयोजना गरिएको थियो । घैटो फोड प्रतियोगितामा प्रथम कुमारी रसायली, कुर्सी दौडमा पहिलो स्थान दुर्गामा पहिलो स्थान दुर्गा ढुंगाना दास्रो स्थान पबित्रा आर्याल तेस्रो स्थानमा डिलमाया घर्ती हाजिरी जवाफ प्रतियोगितामा पहिलो स्थानमा कञ्चन ५ स्वयंसेविकाहरुको समुह, दास्रो स्थानमा वडा न ३ का स्वयंसेविकाहरुको समुह , तेस्रो स्थानमा वडा न ४ स्वयंसेविकाहरुको समुह, वडा गत स्वयंसेविकालाई सम्मान गरिएको बताए ।
    कार्यक्रमका महिला स्वयंसेविकाहरुले वोल्दै कञ्चनले आफ्नो मागहरु सकारात्मक तरिकाले पूरा गरिदिएको गाउँपालिकालाई धन्यावाद दिदै आवश्यक सामग्रीहरु गाउँपालिकाले व्यवस्थापन गरेमा स्वयंसेविकाहरुलाई समाजमा काम गर्न सजिलो हुने भनाई राखे । कार्यक्रमका सञ्चालक स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.