logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरले भन्यो‐ प्लाष्टिकजन्य पदार्थ नजलाउनु


    २८ मंसिर २०७९ , बुधबार

    सिद्धार्थनगरले भन्यो‐ प्लाष्टिकजन्य पदार्थ नजलाउनु

    भैरहवा, २८ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलागउन आग्रह गरेको छ ।

    वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

    पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भिर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।

    ‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुदाँ उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौँ’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने, ‘अटेर गरेमा कानुन बमोजिम कारवाही गर्छौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.