logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रदेशमै ठूलो जगेडा कोष भएको सहकारी जनउत्थान


    ५ पौस २०७९ , मंगलबार

    लुम्बिनी प्रदेशमै ठूलो जगेडा कोष भएको सहकारी जनउत्थान

    झब्बर यादव
    सिद्धार्थनगर, पुस । रुपन्देहीमा सञ्चालन रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको लुम्बिनी प्रदेशमै सवै भन्दा बढी जगेडा कोष रहेको छ ।
    शेयर सदस्यलाई उचित सेवा सुविधा दिदैं आएको यो सहकारीले देशमा आर्थिक मन्दी देखिए पनि आफ्ना आर्थिक गतिविधिमा कुनै कमी नगरेको सेवा ग्राहीहरु बताउँछन् ।
    विश्वमा अहिले आर्थिक मन्दिका कारण अर्थतन्त्र धरापमा देखिन्छ । नेपालमा पनि सहकारीहरुले बचत फिर्ता गर्न नसकेका गुनासाहरु सुन्ने गरे पनि जनउत्थानमा त्यो समस्या कहिल्लै नआउने जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्याल बताउँछन् । सहकारीको नियम र पद्धतिमा हामी चलेकाले आर्थिक समस्यामा हाम्रो सहकारी नपर्ने अध्यक्ष पौड्यालको दावी रहेको छ ।
    नेपालमा अहिले सहकारीमा देखिएको समस्या अन्धाधुन्द लगानीले हो । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका सचिव सरु रानाले भने, “ विभिन्न व्यवसाय जस्तै : पलाटिङ्, हाउजिङ् , जग्गाको ब्यापारमा ऋण प्रवाह गर्दा केही सहकारीहरु समस्यामा आएका हुन् । जनउत्थान नियम संगत चलेको सहकारी भएकाले नेपालको उत्कृष्ट सहकारी हो ।”
    जिल्लाका ठुलो पुजी भएको यो संस्थाले सहकारीको निमावली भित्र रहेर ठाउँ तथा क्षेत्रको आधारमा ऋण प्रवाह गर्ने गरेको व्यवस्थापक रन बहादुर थापाले जानकारी दिए ।
    ग्रामीण कृषिका लागि कृषि ऋण प्रवाह, साना ब्यापारीलाई ऋण, पर्यटनको क्षेत्रका लागि पर्यटन ऋण, शैक्षिक ऋण लगायतका ऋण जनउत्थानले प्रवाह गर्ने गरेको छ । व्यवस्थापक थापाले भने,“ आर्थिक उर्पाजनको स्रोतका आधारमा जनउत्थानले ऋण प्रवाह गर्ने गर्दछ ।”
    जनउत्थान सहकारीको रुपन्देही भरी १८ ओटा सेवा केन्द्रहरु रहेका छन् । जसको कुल लगानी ३ अर्ब ११ करोड रहेको सहकारीलको सुचना शाखाले जनाएको छ । जनउत्थान सहकारीको कुल ऋणमा लगानी २५१ करोड, बचत तथा संकलन २३८ करोड र जगेडा कोष २२४ करोड रहेको सहकारीका व्यवस्थापक थापाले जानकारी बताए ।
    व्यवस्थापक थापाका अनुसार—जनउत्थान सहकारी लुम्बिनी प्रदेशको सहकारी मध्ये सबै भन्दा बढी जगेडा कोष भएको सहकारी हो । ३८ हजार ७ सय शेयर सदस्य रहेको यो सहकारीले योजनाबद्ध रुपमा आफ्ना योजनाहरु कार्यान्वयन गर्ने गरेको स्थानीयहरु बताउँछन् । ८३ जना कर्मचारी कार्यरत यो सहकारीले आफ्ना सेवा केन्द्रहरुको विस्तारलाई पनि तिव्रता दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.