पशुपति यादव
रोहिणी, ५ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ को नरैनापुरमा रहेको रामजानकी मन्दिर रंगशालामा चौंथो ओमसतिया कला सांस्कृति महोत्सव २०७९ हुने भएको छ । श्री रामजानकी मन्दिर रंगशाला समिति र ओमसतिया ६ नम्बर वडा कार्यालयको संयुक्त बसेको बैठकले यही माघ १ गते मेला महोत्सव लगाइने भएको छ ।
स्थानीय कला साँस्कृति संरक्षण र प्रवद्धन गर्ने हेतुले उक्त मेला आयोजन गर्ना लगाइएको वडा अध्यक्ष शिवकुमार धवलले जानकारी दिए । कोभिड १९ को कारणले रोकिएको मेला फेरी यो वर्ष निरन्तरता दिने भएको छ । मेलामा भोजपुरी विरहा, थारु समुदायका झुमडा नाचँ, माघी पर्व समेत मेलामाा मनाईने तयारीमा रहेको छ । त्यसै गरी विराट कुस्ती दंगल प्रतियोगीता पनि हुने भएका छन् ।
नेपालका ख्याति प्राप्त पहलवान देव थापा, वसन्त थापा यस्तै भारतका विभिन्न प्रान्तबाट पहलवानको सहभागीता रहने वडा अध्यक्ष धवलले लुम्बिनीखबर संग जानकारी गराएका थिए ।
स्थानीय मेलामा स्थानीय कलाकार तथा भारतीय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ । स्थानीय सिप विकास र प्रवद्धनलाई प्राथमिकता दिएर यो मेलाको आयोजना गरिएको धवलले वताए । मेलाले कला साँस्कृति संरक्षण र प्रवद्धन हुने समेत जानकारी दिएका छन् । माघ १ गते देखि महोत्सव मेला सुरु हुने भएकोले समिति तयारीमा जुटेका समेत वताएका थिए ।