logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बालबालिकालाई रोगबाट बचाउन आमाबावुको महत्वपुर्ण भुमिका हुन्छ


    ६ पौस २०७९ , बुधबार

    बालबालिकालाई रोगबाट बचाउन आमाबावुको महत्वपुर्ण भुमिका हुन्छ

    रुविना थापा
    मायादेवी, पुस । बालबालिकालाई रोग लाग्नबाट बचाउन अभिभावकहरुले भुमिका खेल्नु पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन । उनीहरुलाई रोग लाग्न नदिनु पहिलो उपचार हो । बाल रोग विशेषज्ञ प्रो.डा. राजु काफ्ले भन्नुहुन्छ, “ बालबालिकाहरुलाई बिभिन्न प्रकारका रोगहरु लाग्न सक्दछन् । खाना खुवाउने तरिका नमिल्दा, जङ्गफुडमा बढि जोड दिँदा सरसफाईको अभावले बालरोग निम्तिने गर्दछ ।”
    विरामी बालबालिकाहरुलाई उपचार गर्दा जथाभावी एन्टीबायोटिक औषधीको प्रयोगले समेत उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या आउ सक्ने प्रो. डा. काफ्लेको सल्लाह रहेको छ । युनिभर्सल मेडिकल भैरहवामा प्रोफेर रहेका डा. काफ्लेका अनुसार— नेपाल जस्तो गरिब देशमा निमोनिया, छातीको इन्फेक्सन, एलर्जी, चाहिने भन्दा बढि तौलको समस्या, पोषणयुक्त खानाको अभाव जस्ता कारणले बालबालिकाहरुलाई विभिन्न खालका शारिरीक समस्या आउने गरेको देखिन्छ ।
    आईतवार भैरहवामा बालबालिकाहरुका अभिभावकहरु संगको छलफलमा प्रो.डा. काफ्लेले मोबाइल, आइप्याडको अत्याधिक प्रयोगका कारणले बालबालिकाहरु एक्लै बस्न रुचाउने, परिवारका सदस्यहरु संग घुलमिल नहुने, बच्चामा सिक्नुपर्ने संस्कार विर्सने जस्ता जटिल प्रकारका मानसिक समस्या देखिने गरेको बताउनुहुन्छ ।
    बालबालिकाहरुको जिवनलाई सरल र सहज बनाउनका लागि आमाबुवाहरु सहिमार्ग र सकारात्मक क्रियाकलाव गर्नु पर्दछ । प्रो.डा.काफ्ले भन्नुहुन्छ,“ नानीबाबुहरु संग परामर्श गर्ने, रुटिनमा चल्ने, राम्रा खालका बानीव्यहोरा सिकाउने, उनीहरुका अगाडि मोेबाईल नचलाउने, टिभिको लत बस्न नदिने बिकल्प अभिभावकले आफ्ना बालबालिकाहरुलाई दिनुपर्दछ ।”
    जन्मेदेखि २ वर्ष सम्मका बालबालिकाहरुलाई मोबाइल र टिभी प्रयोग पुर्णरुपमा रोक्नु पर्दछ । उमेर अनुसारको संस्कार र अध्ययनमा लगाव लगाउन सके बालबालिकाहरुको स्तर अनुसार बाल मस्तिष्कको बिकास हुने प्रो.डा.काफ्ले बताउनुहुन्छ ।
    बालबालिकाहरुको उपचारका लागि नेपालका धेरैजसो स्थानमा उपकरणहरुको अभाव रहेको बताउदै प्रो.डा.काफ्लेले शहरीक्षेत्रमा सञ्चालित केहि अस्पतालहरुले राम्रो सेवा सुविधा दिएको जानकारी दिनुभयो ।
    सरकारले बालस्वास्थ्य नीतिलाई आफ्नो नियन्त्रणमा राख्नुपर्दछ । प्रो.डा.काफ्ले भन्नुहुन्छ,“ नीति निर्माण राम्रो बनाएर कार्यन्वयन गर्न सके हाम्रो सफलता त्यही हुने छ । जसले गर्दा स्वास्थ्य क्षेत्रमा देखिने विभिन्न जटिल समस्याहरुलाई रोक्न सकिन्छ ।” नेपालमा स्वास्थ्य संस्थाहरु च्याउ जस्तै सञ्चालनमा रहेकाले यसको अनुगमन र गुणस्तरीयतामा ध्यान दिनु पर्ने देखिन्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.