logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    पक्राउ परेका महन्तको अनुसन्धान शुरु


    ७ पौस २०७९ , बिहिबार

    पक्राउ परेका महन्तको अनुसन्धान शुरु

    लुम्बिनीखबर

    सिद्धार्थनगर, पुस । रुपन्देही प्रहरीको पक्राउमा परेका महोत्तरी मटिहानीस्थित लक्ष्मी नारायमण मठका महन्त जगन्नाथ दास बैष्णवलाई अनुसन्धान शुरु भएको छ ।सरकारी कार्यालयको कागजात तथा छापको दुरुपयोग गरि सरकारी अधिकृतको हस्ताक्षर किर्ते गरेको आरोपमा उहाँलाई पक्राउ गरि छानबिन सुरु गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
    चारवर्ष अघि सिद्धार्थनगर नगरपालिका वडा नम्बर—४ मा रहेको गुठीको जग्गा आफ्नो स्वामित्वमा ल्याई बिक्री गरेको आरोप नेपाल गुठी संस्थानले लगाएको छ । गुठीको जग्गा बिक्री गरेपछी उहाँलाई संस्थानले कानुनी प्रकृया अगाडि बढाएको थियो ।
    कार्वाही प्रकृया अघिबढे संगै गुठीको जग्गा बिक्री बापतको मेगा बैंकमा जम्मा भएको रकम समेत रोक्का भएको थियो । आफ्नो नाममा रु. ७० लाख ८३ हजार ५ सय १० रुपैयाँ मेगा बैंकमा भएको रकम निकाल्न बैंक खाता फुक्का गराउनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको लेटरप्याड, छापको दुरुपयोग गरि सहायक प्रमुख जिल्ला अधिकारीकै किर्ते हस्ताक्षर गरेको अभियोग पनि उहाँलाई लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उहाले सरकारी कार्यालयको पत्र, छापको दुरुपयोग गर्नुका साथै सरकारी अधिकृतकै हस्ताक्षर समेत किर्ते गरि कागजात तयार गरेको पाइएकाले प्रहरीले अनुसन्धान तथा कारवाहीका अगाडि बढाएको जानकारी दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार —बैष्णवले सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको किर्ते हस्ताक्षर गरेको पाइएको हो । ‘उहाँले केही बर्ष अघि गुठीको जमिन बिक्री गरेको भन्ने वारेमा जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा उहाँको मेगा बैंकमा रहेको बैंक खाता प्रशासन कार्यालयले अर्को निर्णय नहुन्जेलका लागि रोक्का राखेको थियो । ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो , ‘अचानक केही दिन अघि हाम्रै कार्यालयको सिफारिशमा बन्द खाता फुक्का गरेको बैंकको पत्र आयो । सोधखोज गर्दा किर्ते गरेको पाइएपछि कारवाही प्रक्रिया अघि बढाइएको हो ।’ बैष्णवले गुठीको जमिन बिक्री गरेको उजुरी आएपछि गुठी संस्थानको समेत पत्रका आधारमा उहाँको ०७६ साल बैशाख २३ गते बैंक खाता रोक्का गरिएको थियो ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बैष्णवलाई लागेको आरोपको बिषयमा सुक्ष्मरुपमा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।
    २०७६ सालमा बैष्णवले सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डिस्थित कित्ता नम्बर १६५ को ३ कठ्ठा ५ धुर जमिनलाई बैष्णवले आफ्नो स्वामित्वमा ल्याई सिद्धार्थनगर–१० का उदयमान पाण्डे र रुपन्देहीकै बसन्तपुर–५ का संजयप्रसाद पाण्डेलाई बिक्री गरेको देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.