लुम्बिनीखबर
सिद्धार्थनगर, पुस । भैरहवामा केही फार्मेसी र ल्याबहरु मापदण्ड विपरित संचालनमा रहेका छन् । नियमित अनुगमन नहुदाँ त्यस्ता ल्याव र फार्मेसीहरु जनता प्रति प्रत्यक्ष खेलवाड गरेको देखिन्छ । सर्बसाधारण माथि प्रत्यक्ष खेलवाड गर्दै आएको ल्याब र फार्मेसीहरुको अनुगमन हुनु पर्ने स्थानीयहरुको माग रहेको छ । केहीले अनुमति विना नै संचालन गरेका छन् भने धेरै त्यस्ता स्वास्थ्य संस्थाहरु नवीकरण नगरी संचालनमा रहेको स्थानीय वासीहरुले आरोप लगाउँछन् । विरामीसंग प्रत्यक्ष जोडिने धेरै फार्मेसीहरुले औषधी विक्रि वितरण गर्ने अनुमति लिएर क्लिनीक पनि संचालन गरेको देखिन्छ । दर्जन भन्दा वढी चिकित्सकहरुको नाम टास गरी विरामीलाई भ्रममा पारेर कमाउ धन्दामा धेरै स्वास्थ्य संस्थाहरु भैरहवा क्षेत्रमा संचालित छन् । अबैध रुपमा चलेका क्लिनीकहरुले औषधीमा चर्को मुल्य लिने फिजियो थेरापी, एक्सरे, भिडियो एक्सरे, रक्त जाँच गर्नु पर्छ भन्दै मनपरि रुपमा ठग्ने गरेका छन् । जसका कारण सरकारी मापदण्ड अनुसार संचालित क्लिनीक ,फार्मेसी र ल्याबहरु समस्यामा पर्ने गरेको पाइन्छ । औषधी विक्रि वितरण गर्दा पनि डाक्टरको अनुमति विना नै विक्रि गर्ने गरेको ल्याबहरु प्नि संचालनमा रहेको र भ्रखरै पढ्दै गरेका , ल्याव सम्बन्धी अध्ययन नै नगरेकाले संचालन गरेको देखिन्छ । केही औषधी पसलहरु नेपालमा दर्ता नभएका अबैध औषधीहरु विक्रि वितरण गर्ने गरेका छन् । अनुगमन र निरिक्षण नहुदाँ भैरहवा क्षेत्रमा धेरै अबैध क्लिनीक , फार्मेसी र ल्याव संचालन गरेको पाइन्छ । भैरहवा क्षेत्रमा संचालित केही स्वास्थ्य क्लिनीक फार्मेसी ल्याव र डेन्टल क्लिनीकहरुले मापदण्ड पुरा नगरेर संचालन गरेका छन् । यिनीहरुको अनुगमन गरी कार्यवायी गर्नु पर्ने देखिन्छ । यहाँका यस्ता स्वास्थ्य क्लिनीकहरु र प्रयोगशालाहरु नियमित गर्नका लागि स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले थालनी गर्नु पर्ने छ । स्थानीयहरुको भनाई अनुसार दर्ता नभएका मेडिकल, दर्ता नगरेका ल्याब, जनशक्तिको व्यवस्था नभएको स्वास्थ्य क्लिनीकहरु, फर्मेसी नपढेका औषधी बिक्री वितरण गरेको पाइन्छ । भैरहवामा धेरै जसो ल्यावहरु प्ूर्वाभार विना नै संचालनमा रहेका छन् । यिनीहरुको कार्यवायी र अनुगमन गर्न आवश्यक देखिन्छ ।