लुम्बिनीखबर
सिद्धार्थनगर, पुस । भैरहवा क्षेत्रमा संचालित स्पाहरुको भेलाले मधु रायमाझीको अध्यक्षतामा लुम्बिनी स्पा संघ भैरहवाले गठन गरेको छ । उपस्थित भेलामा स्पा व्यवसायीको संरक्षण, संबद्र्धन र एकताका लागि पहल गर्ने निर्णय भएको भेलामा सहभागिहरुले बताए । भेलाले उपाध्यक्षमा दुर्गा चन्द ठकुरी, सचिवमा प्रिंका थापा कोषध्यक्ष काजल गुरुङ्, सदस्य राजेश सिंह सैदवार, अन्नु पौडेल, खडकराज जोसी, राज बहादुर चन्द लाई चयन गरेका छन् । सिद्धार्थ होटल एशोसेसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, सिद्धार्थ सिटी सेन्टरका संचालक भोजेन्द्र खत्री, गुजराति समाज ट्राभल्स एजेन्सीका संचालक श्रीचन गुप्ता, स्पा व्यवसायी निर्मला श्रेष्ठ, पवन गुप्ता, अभय त्रिपाठी, हरि अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको तदर्थ समितिका अध्यक्ष मधु रायमाझीले जानकारी दिए । श्रीचन गुप्ताको अध्यक्षता र भोजेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले स्पाहरुलाई मापदण्ड अनुसार संचालन गर्ने, एउटै दर रेट कायम गर्नु पर्ने, तालिम प्राप्त कर्मचारीलाई राख्नु पर्ने, कर्मचारीलाई पोषाक र परिचयपत्र व्यवस्था गर्नु पर्ने भेलाले निर्णय गरेको छ ।सहभागि पत्रकार नारायण ज्ञवालीका अनुसार विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रको मुख्य व्यवसाय स्पा रहेकोले यसलाई मर्यादित र व्यवस्थित गर्नु पर्ने भेलामा उपस्थितहरुले आग्रह गरेका थिए । स्पा व्यवसायीहरुले गलत क्रियाकलाप गर्ने कुनै स्पा सेन्टरहरु भेटे कडा कार्यवाहीका लागि प्रशासनलाई जानकारी गराउन समेत भेलामा छलफ भएको थियो ।