रुपा पाण्डेय
सिद्धार्थनगर, पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ ले जनमुखि कार्य गर्दै आएको छ । वडामा रहेको विभिन्न सार्वजनिक स्रोत र साधनहरुको संरक्षण र संवद्र्धन गर्नुका साथै नाली सरसफाई कार्यक्रम , बृद्ध सम्मान कार्यक्रम, बाटो सरसफाई कार्यक्रम, बाटोमा आवश्यक्ता अनुसारको सानो ठूलो बत्ती जडान गरेको वडा अध्यक्ष रमेश डुम्रेले जानकारी दिनुभयो । जाडोको समयलाई मध्यनजर गरेर गरीब, असहाय, दिन दु:खीहरुलाई न्यानो लुगा वितरण गर्नुका साथै वडा भित्रका चोक चोकहरुमा दाउरा समेत वितरण गरेको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडावासी र वडाका विद्यालयहरुमा विभिन्न किसिमका शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा मानव विकास सम्बन्धि सचेतना मुलक अन्तरक्रिया कार्यक्रम संचालन गरेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । तिलोत्तमा नगरपालिकाका छाडा चौपाया व्यवस्थापन लागि तिलोत्तमा नगरपालिकासंग सिमाना जोडिएका पालिकाहरु संग समन्वय गर्ने योजना रहेको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा मै ब्लड बैङ्क निमार्ण कार्य सुरु भएको र भाडामा बस्नेहरुको सहजताको लागि क्रियापत्री भवन निर्माण कार्य सुरु भएको छ । सार्वजनिक जग्गामा वृद्ध, बालबालिका र वयस्कहरुका लागि विशेष किसिमको आधुनिक पार्क निर्माण गर्ने कार्य अघि बढेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । वडामा डुवानको समस्या समाधानको लागि नालीको निर्माण कार्य अघि बढि सकेको वडा अध्यक्ष डुम्रेले जनाउनुभयो । वडामा आधुनिक प्राविधिक सामग्री सहितको व्यवस्थित स्वास्थ्य केन्द्र निर्माण गर्ने वडाको योजना रहेको र वडाको सबै ठाउँमा खानेपानी पुर्याउनका लागि पाइप लाइन विस्तार गर्ने वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा वासीहरुको क्षमता अभिबृद्धि गरी टोल टोलमा साना तिना घरेलु उद्योग निर्माण गरी रोजगारको सृजना गर्ने र एक वडा एक उद्योगको लागि बहस चलाएको वडा अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । वडाका कृषकलाई सेवा पुर्याउनका लागि वडा मै कृषि सहकारी संचालन गर्ने योजना रहेको र १७ वटै वडामा कृषि सहकारी संचालनमा ल्याउने पहल भएको वडा अध्यक्ष डुम्रेले बताउनुभयो । वडा अध्यक्ष डुम्रेले भने, “वडाका सबै जनतालाई सचेत बनाई समाजलाई अग्रगामी वाटोमा लाग्नको लागि आफु सधै तत्पर रहेको लुम्बिनी खबर मार्फत जानकारी गराउन चाहन्छु ।”