logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    मर्चवारी गाउँपालिका द्वारा शिविर सम्पन्न


    २२ पौस २०७९ , शुक्रबार

    मर्चवारी गाउँपालिका द्वारा शिविर सम्पन्न

    असलम खाँन
    मर्चवार,  पुस । रुपन्देहीको मर्चवारी गाउँपालिकामा स्थायी परिवार योजना शिविर कार्यक्रम संचालन गरेको छ ।
    मर्चवारी गाउँपालिकामा स्थायी परिवार योजना शिविर सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गर्ने महिला समुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरोकारवालाहरुलाई मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा हार्दिक धन्यवाद प्रकट गर्ने गर्नु भएको छ ।
    यो शिविर २ दिनको भए पनि केही प्राविधिक समस्या र केश फलोले गर्दा ३ दिन संचालन गर्नु पर्ने आवश्यकता महसुस भएको हुनाले ३ दिन संचालन पनि गरियो । यस शिविरमा जम्मा ६२ जनालाई मिनिल्याप तथा ३ जनालाई इम्पलाइट सेवा उपलब्ध गराइएको छ । सेवाग्राहीहरुलाई पोषण तथा सरसफाइका लागि प्रत्येक ब्यक्ति १ क्यारेट अण्डा, एक वोटल भिटामिन वि. कम्पलेक्स, १ वटा टोपी, १ वटा नेल कटर, १ वटा साबुन गरी १ हजार बराबरको सामग्री गाउँपालिकाबाट उपलब्ध गराइएको छ । स्वास्थ्य शाखाले १ जना एफसीएचभी ले ५ जना भन्दा बढी विरामीलाई अपरेसन भएमा रु १ हजार दिने घोषणा गरे अनुसार आधारभुत स्वास्थ्य सेवा केन्द्र वार्ड नम्बर ३ का शिला चमाार, सिलौटिया स्वास्थ्य चौकी वडा न. ४ का परमशिला यादव, आधारभुत सेवा केन्द्र वडा न. ६ का कञ्चन चौधरीलाई ५ जना भन्दा बढी सेवा ग्राही ल्याएकोमा रु १/१ हजार प्रदान गरिएको छ ।
    मर्चवारीको सम्पूर्ण एफसीएचभी र स्वास्थ्यकर्मीले बोडरमा रहेर काम गरे गराएकोमा सम्पूर्ण टिम माथि आभार प्रकट गरेका छन् । किनकी भारत अप्रेसन गराएमा ६ हजार भारतीय रुपैया प्रदान हुन्छ । प्राय: जसोको सम्वन्ध पनि भारत मै रहेको हुन्छ । स्वास्थ्यकर्मीलाई सोध्दा त्यो केश त हुन्छ तर भारतमा गएर गराउँछु भन्नुहुन्थ्यो । यस विषयमा सबैले विचार पिमर्श गरी र कम लगानीमा एउटा रुपरेखा तयार गरी सबै एक जुट भएर लागेमा उद्देश्य अनुरुप काम गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणका साथै अगामी कार्यक्रम गर्दा प्रेरणा पनि मिलेको छ ।
    अन्त्यमा आज २० पुस शिविर बापत सुनौलो परिवार नेपाल मेरी स्टाप्स सेन्टरका डाक्टर सलमान मन्सुरी ज्यूको टिमलाई मायाको चिनो प्रदान गरी बन्ध्याकरण शिविर सफलताका साथ सम्पन्न भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.