logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    पर्यटकहरु भन्सार कार्यालयवाट पिडित


    २४ पौस २०७९ , आइतबार

    पर्यटकहरु भन्सार कार्यालयवाट पिडित

    अन्जना चौहान
    लुम्बिनी,  पुस । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदहमा रहेको भन्सार कार्यालयबाट पर्यटकहरु पिडित भएका छन् ।
    ककरहवा देखि लुम्बिनी जाने बाटोमा स्थित कालिदहमा रहेको नाकामा कर्मचारीको आभाव रहेको छ । कालीदह नाकामा कर्मचारीको अभावले पर्यटक लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ मा रहेको ककरहवा र कालिदहको लुम्बिनी छोटी भन्सार कार्यालयमा भारतीय पर्यटकहरुको गाडीहरुको भन्सनर गराउन ४ घण्टा लाइनमा बस्नु परेको बाध्यता पर्यटकहरुले भोग्नु परेको छ ।
    लुम्बिनी देखि सात किलो मिटरमा रहेको कालिदह नाका भारतीय पर्यटकको मुख्य द्वारमा रहेकोले कालिदह नाका छोटी भन्सारमा पर्यटकको चाप बढेको छ । पर्यटकहरुको यस्तो आगमनले समयमा भन्सार नहुदाँ आफ्नो गन्तव्यमा पुग्न सकेका छैन्न् । भन्सारका लागि ४,५ घण्टा कुर्न परेको भारतीय पर्यटकहरु वताउँछन् । भन्सार कार्यालयमा एक गाडीलाई ५ सय र मोटरसाइकललाई १ सयको भन्सार तिर्नु पर्छ । रुपिया तिरे पनि समयमा जान नपाएको गुनासो पर्यटकहरुको रहेको छ । लुम्बिनी छोटी भन्सार बारम्वार यो भन्सार नाका ठूलो नाका बनाउन पर्ने जनप्रतिनिधि प्रतिबद्धता गरे पनि यो लुम्बिनी छोटी भन्सार कार्यालयको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय बासीहरु बताउँछन् । यो भन्सारमा पहिला ठूलो गाडीहरुको भन्सार हुदै आएकोले कोरोना काल देखि बन्द गरिएको छ । दिल्ली लखनउ, गोरखपूरबाट आउने गाडीहरु यो नाका लुम्बिनी पुग्न नजिक पर्ने भएकोले ठूलो गाडी बेलहियामा भन्सार हुने हुदाँ १०० किलोमिटर टाढा भएर लुम्बिनी घुम्न वाध्य बनेका छन् । यस कालिदह नाकालाई ठूलो भन्सार नाका बनाउन पर्ने समसुद जोहा मुसलमानले बताउनुभयो । लुम्बिनी छोटी भन्सार कार्यालयलाई ठूलो भन्सार नाका बनाउनुका साथै सबै किसिमका भन्सारको व्यवस्था गर्नु साथै विभिन्न किसिमका सुविधाहरु पर्यटकका लागि व्यवस्थापन गर्नु पर्ने मुसलमानले बताएका छन् । यो नाका सुविधा सम्पन्न बनाई पर्यटकहरुलाई उचित सेवा सुविधा दिएका पर्यटन व्यवसायलाई सहयोग पुग्ने बताएका छन् । यो नाका सुविधा सम्पन्न बनाई पर्यटकहरुलाई सही समयमा आफ्नो गन्तव्यमा पुग्न सजिलो हुने गरी व्यवस्थापन गर्न सरोकारवालालाई अनुरोध समेत गरेका छन् । नाकालाई व्यवस्थित बनाई पर्यटकहरुले आफ्नो गन्तव्यमा पुग्ने वातावरण बनाई भन्सार हाललाई डिजिटल बनाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्ने सेवा ग्राहीहरुको गुनासो रहेको छ । लुम्बिनी छोटी भन्सारलाई ठूलो भन्सार बनाउन सर्बसाधारणको गुनासो रहेको छ । यो नाकामा कम्प्यूटरको सुविधा पनि नरहेको र अहिले सम्म हातबाट भन्सार रसिद काट्दै आएको देखिन्छ । त्यसलाई व्यवस्थापन गरी भन्सार हाल पर्यटकीय नाका भएकोले थप कर्मचारी राख्ने र लुम्बिनी छोटी भन्सार भित्र रहेको फोहोर मैलालाई व्यवस्थापन गरी आकर्षक र आधुनिक बनाउने स्थानीयहरुको भनाई रहेको छ । लुम्बिनी नाकालाई बृहत भन्सार नाका बनाई सेवा कार्यालयलाई आधुनिक तरिकाले व्यवस्थित वनाउन स्थानीयहरुको जोडदार माग रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.