झब्बर यादव
सिद्धार्थनगर, पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित लुम्बिनी बचत तथा ऋण सहकारीले जनउत्थानका कार्यहरु गर्दै आइरहेको छ ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले जनताको जीवन स्तर सुधार गर्नुका साथै उच्च आर्थिक सहयोग गरी स्वरोजगार बनाएको सहकारीका व्यवस्थापक राम प्रसाद बरालले बताउनुभयो । लुम्बिनी बचत तथा ऋण सहकारी मापदण्ड अनुसारको लगानीमा संचालन गरेको सहकारीका व्यवस्थापक बरालले जनाउनुभयो । लुम्बिनी वचत तथा ऋण सहकारीले विभिन्न किसिमका ऋण प्रवाह गरेको छ । व्यवसायिक ऋण, लघु उद्योग ऋण, शैक्षिक ऋण, भैपारी ऋण जस्ता ऋण मापदण्ड अनुसार प्रवाह गरेको व्यवस्थापक बरालले बताउनुभयो । अहिले आर्थिक मन्दी नेपालमा मात्र नभई विश्व भरीमा देखिएको हुदाँ यस सहकारीमा पनि असर परेको जानकारी दिनुभयो । सहकारीको एउटा मात्र मुख्य कार्यालय वा सेवा केन्द्र रहेको छ । जसमा १४ करोड पुजी रहेको र मापदण्ड अनुसार १० करोड ८० लाख लगानीमा रहेको व्यवस्थापक बरालले बताउनुभयो । लुम्विनी सहकारीमा कर्मचारीको संख्या १ जना महिला र २ जना पुरुष गरी तिन जना रहेको व्यवस्थापकले जनाउनुभयो । सहकारीमा ९ सय शेयर सदस्यहरु रहेका छन् ।
लुम्बिनी सहकारीको स्थापना समयका संचालक देबी प्रसाद शर्मा थिए भने वर्तमानमा इन्द्र बहादुर थापा रहेका छन् । सहकारीको स्थापना वि.स २०५२ मंसिर २० गते भएको व्यवस्थापकले जनाउनुभयो । लुम्बिनी सहकारी ऐन नियमको पूर्ण परिपालना गरी संचालनमा रहेको छ । सहकारी विभागबाट जारी मापदण्ड तथा निर्देशन पूर्ण रुपमा परिपालना गरेको व्यवस्थापक बरालले जानकारी दिनुभयो । लुम्बिनी सहकारीले तोकिएको समय भित्र साधारण सभा सम्पन्न गर्ने तथा आन्तकि राजस्व समयमा बुझाउने गरेको बताउनुभयो । लुम्बिनी सहकारीले कोपोनिसकार्य पूर्ण रुपमा परिचालन गरेको र सदस्य मैत्री संस्था रहेको बताउनुभयो । यो सहकारी सिद्धार्थनगर नगरपालिका भैरहवाका सवै भन्दा पुरानो सहकारी रहेको व्यवस्थापक बरालले जानकारी दिनुभयो ।