logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैंडहवामा फाईबर सिरक वितरण


    १३ माघ २०७९ , शुक्रबार

    गैंडहवामा फाईबर सिरक वितरण

    दीपक कलावर
    सुर्यपुरा । रुपन्देहीको गैडहवा गाउँपालिका वार्ड न ५ कार्यलयले ४३२ जना जेष्ठ नागरिक एकल महिला अपांगहरुलाइ सम्मान तथा फाईबर सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका सुरेन्द्र पौडेलले गैडहवा गाउँपालिका भित्र रहेका वाडमा जेष्ठ नागरिक अपांग एक महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो । अध्यक्ष पौडेलले जेष्ठ नागरिक एकल महिला अपांगलाई सेवा गर्नु नै गाउँपालिकाको प्रमुख काम रहेको बताउदै गाउँपालिकाको समग्र बिकासको लागि जनप्रतिनिधि कर्मचारी राजनीतिक दल समाज सेवि बुद्धिजीवी सबै एकै ठाँउमा आएर बिकासमा एक हुनुपर्नेमा जोड दिनु भयो । विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल विशिष्ट अतिथि गाउपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी कार्यपालिका सदस्य वार्ड सदस्यले कार्यक्रमको शुभकामना दिदै वाड न ५ ले सराहनीय काम गरेकोमा धन्यवाद दिनु भएको थियोे । कार्यक्रममा गैडहवा वार्ड न ५ वाड अध्यक्ष बिजय कुमार शर्माले हरेक नागरिकको सेवा गर्नु नै आफ्नो सफलता रहेको बताउदै आफ्नो वार्ड भित्रका सबै नागरिकलाई समान रुपले बिकास सगैं सामाजिकरुपले बिकास गरिने बताउदै बिकासको काममा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रम जनप्रतिनिधि स्थानीय बुद्धिजीवी पत्रकार कर्मचारिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रम संचालकमा वार्ड सचिव शिवचरण मौय थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.