logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    जेसिआई सिद्धार्थ लेडि नेपालद्वारा दिप प्रज्जवलन


    १७ माघ २०७९ , मंगलबार

    जेसिआई सिद्धार्थ लेडि नेपालद्वारा दिप प्रज्जवलन

    एलिना आचार्य

    भैरहवा । जेसिआई सिद्धार्थ लेडि नेपाल द्धारा दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको छ । रुपन्देही जिल्लाको मुकाम सिद्धार्थनगर नगरपालिकामा रहेको देवकोटा चोकमा जेसिआई सिद्धार्थ लेडि द्वारा दिप प्रज्वलन गरी सहिद दिवस मनाइएको हो ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मातृशाखा सिद्धार्थ जेसीजका वर्ष २००० का सिनिटर रुपमा हिराचनले वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झना रहेको र प्रत्येक नेपालीका लागि माघ १६ अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रमका सभाध्यक्ष एवं जे सि आई सिद्धार्थ लेडि नेपाल वर्ष २०२३ का अध्यक्ष गिता गैरेले सहिद दिवसको दिन मात्र नभएर सदैव सम्झना गरीरहनु पर्ने कुरामा जोडदिदैँ र सहिदहरुले दिएका  बलिदानको उच्च सम्मान स्वरुप कार्यक्रमको आयोजना गरीएको बताए ।

    जेसिआई सिद्धार्थ लेडी नेपाल द्वारा आयोजना गरीएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी अनिता पाण्डे (अनुपा पाण्डे), प्रमुख अतिथि सिनेटर रुपमा हिराचन लगायतले मन्तव्य राखेका थिए भने शाखाका पुर्व अध्यक्ष, जेसी अन्जु जैसी सुवेदी, जेसी बिनिता श्रेष्ठ, जेसी बिनम गुरुङ, जेसी दुर्गा शर्मा आचार्य, सिनेटर तुल्सा भुसाल पाण्डे गरी जम्मा ३६ जनाको सहभागीता रहेको कार्यक्रमको सन्चालक जेसी कृष्ण दाहालले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.