दीपक कलवार
सुर्यपुरा, माघ । रुपन्देहीको गैडहवा गाउँपालिका वाड नम्बर ७ ले न्यानो कपडा वितरण कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा वडा कार्यालयले ५ सय १० जना जेष्ठ नागरिक, एकल महिला ,अपांङ्ग तथा असहयलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यक्रमम प्रमुख अतिथि तथा गैडहवा गाउँपालिका प्रमुख सुरेन्द्र पौड्यालले जेष्ठ नागरिक, अपांङ्ग, एकल महिलाहरुको दीन दुःखीहरुको सेवामा सदैव गैडहवा गाउँपालिका खटिरहेने जनाउनुभयो । कुनै पनि व्यक्तिलाई जस्तो सुकै समस्या भएमा गाउँपालिकामा सम्पर्क गर्न अनुरोध समेत गर्नु भयो । यसका साथै गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई घर घर मै स्वास्थ्य सेवा पु¥याउन बताउनुभयो । गाउँपालिका भित्रका सबै जनतालाई स्वास्थ्य मध्यनजर गरेर पालिकामै ब्लड बैङ्क रहने आवश्यक परेको वेलामा जनताले कुनै किसिमको खर्च नलाग्ने गरि गाउँपालिकाले रुपन्देही रेडक्रस सोसाइटी संग सम्झौता गरेको बताउनुभयो ।
विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मधुरी जैसवालले गाउँपालिकालाई सम्मान गर्नु नै आफुहरुको मुख्य उद्देश्य रहेको बताउदैं न्याय समिति मार्फत हुने काम छिटो र छरितो गरिने बताउनुभयो ।
कार्यक्रममा अतिथि सत्यनारायण पथिक, नेकपा माओवादीका केन्द्रीय सदस्य चन्द्र बहादुर घर्ती लगाएतले कार्यक्रममा मन्तव्य राख्दैं वाड नम्बर ७ ले राम्रो काम गरेकोमा धन्यवाद समेत दिनुभयो ।
कार्यक्रम वाड अध्यक्ष लालबहादुर केवट को अध्यक्षतामा संचालन गरिएको हो । वडा अध्यक्ष केवटले भने वडाका नागरिकका लागि गाँस बास र कपास को वारेमा पहल गर्नु आफ्नो जिम्मेवार रहेको बताउनुभयो । यस पालिकाको विकास कार्यका लागि सबै पालिकासीका साथ अन्य सरोकारवालाहरुले साथ दिनुपर्ने जनाउनुभयो ।
कार्यक्रम दिलिप कुमार भुजको संचालनमा गरिएको थियो भने कार्यक्रम धर्मराज कोहाँरको स्वागत मन्तव्यवाट सुरु भएको र वाडका सम्पूर्ण सदस्य, कर्मचारी, विभिन्न राजनीतिक दल ,समाजसेवी , वुद्धिजीवी ,संचारक्रमी स्थानीय जनताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।