logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    काशी नोबल एकेडमी द्वारा पुरस्कार वितरण कार्यक्रम


    २४ माघ २०७९ , मंगलबार

    काशी नोबल एकेडमी द्वारा पुरस्कार वितरण कार्यक्रम

    लुम्बिनीखबर

    सिद्धार्थनगर,  माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिमा रहेको काशी नोबल एकेडमीले पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।
    काशी नोबल एकेडमीले आयोजना गरेको खेलकुद सप्ताह व्यापी खेलकुदमा कक्षा ११ र १२ को दिवा समुहमा अध्ययनरत विद्यार्थीहरु सहभगी भएका थिए । उक्त खेलकुद सप्ताहमा विभिन्न किसिमका खेलकुदहरु संचालन गरिएको थियो । खेलकुदमा विद्यार्थीहरुको हासिल गरेको उपलब्धिलाई मध्यनजर गरेर विद्यार्थीहरुलाई प्रमुख अतिथिबाट मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएकोे हो ।
    कार्यक्रममा काशी नोबल एकेडमीका प्रधानाध्यापक राजेन्द्र घिमिरेको अध्यक्षतामा कार्यक्रम संचालन गरिएकको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थनगर प्यावसनक ा अध्यक्ष गोकुल पोखरेलले विद्यार्थीहरुले पढाईका साथै अतिरिक्त क्रियाकलाप सहभागी हुनु भएको सम्पूर्ण विद्यार्थीहरुलाई धन्याबाद दिदैं काशी नोबल एकेडेमी शैक्षिक क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेको बताउनुभयो । काशी नोबल एकेडमी राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा नगरमा नै प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयको रुपमा रहेको स्मरण गर्दै खुसी समेत व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा स्वागत मन्तब्य श्री रायमाझीले गरेका थिए भने विद्यालयका +२ का क्वाडिनेटर हरि आचार्यको संचालन गरिएकोे थियो ,त्यसै गरी कार्यक्रमका अतिथि तथा विद्यालयका सह प्रधानाध्यापक श्री रायमाझी, निर्मल  हुमागाई , दीपक काफ्ले , धनिश्वर तिमिस्लाना, फिरोज खाँन, मकबुल अहमद खाँन अनिल वनशल, डिलाराम पाण्डे, तेज प्रसाद पन्थ तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.