लुम्बिनीखबर
सिद्धार्थनगर, फागुन । रुपन्देहीको ओमसतिया गाँउपालिका वडा नम्बर १ मा टुगा आस्था विकास साकोसको आयोजना माघ २८ शनिवार शिशु स्याहार तथा पौष्टिक आहार सम्बन्धी कार्यक्रम महिला तथा बालबलिका उप–समितिको संयोजनमा कार्यक्रम संचालन गरिएको छ ।
ओमसतियाको कटैयामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको केन्द्र कार्यालयमा शेयर सदस्य परिवारका गर्भवती तथा ३ बर्ष सम्मको शिशुको आमा लक्षित कार्यक्रम तथा शिशु स्याहार तथा पौष्टिक आहार सम्बन्धी कार्यक्रममा ७१ जना लक्षित महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम उपसमिति संयोजक तथा कार्यक्रम संचालक लक्ष्मी देवी के.सी को अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रममा बालक गर्भ धारण देखि जन्मे पछि उनीहरुलाई स्याहासुसारको आवश्यकता पर्दछ । उनीहरुको स्याहारसुसारमा आमा र बुबाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । बालक गर्भावस्थामा रहदाँ जस्तो किसिमको स्याहारसुसार पाएको हुन्छ । त्यसै अनुसार बालकमा बृद्धि र विकास हुने बताउनु भयो ।
कार्यक्रम उप–समिति सल्लाहकार धनमाया गुरुङ्गको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुलाई आमाले संस्थाको खुत्रुके बाकस मार्फत सानै देखि बचत गर्ने बानी सिकाउनु पर्नेमा जोड दिदँै उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि स्याहारसुसारमा ध्यान दिन जरुरी रहेकोले यो कार्यक्रमले मदत दिने बताउनु भयो ।
कार्यक्रममा सि.अ.न.मी. ज्ञान कुमारी कार्की तथा इश्वरी सिंह थारुको सहजीकरण रहेको थियो भने कार्यक्रममा संचालकहरु शशीकला गुरुङ, अर्चना सुबेदी र उप–समिति सदस्य रुद्रकली रजालीको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रवन्धक लक्ष्मण कुमार थापा ले गरेका थिए भने कार्यक्रम संचालन उप–समिति सदस्य रेखा खनालको रहेका थिए ।
कार्यक्रममा उप–समितिद्वारा आगामी महिनाहरुमा पनि सफल महिला उद्यमी सम्मान कार्यक्रम तथा बाल बचत कर्ता वार्षिक भेला आयोजना गरिने योजना समेत रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा टुगा आस्था सहकारी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी, महिला उपसमितिका सदस्यहरु, स्वास्थ्यकर्मी तथा शेयर सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।