लुम्बिनीखबर
भैरहवा , ३ चैत्र । भैरहवा क्षेत्रको सबै भन्दा पूरानो त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भैरहवा बहुमुखि क्याम्पसमा स्ववियू निर्वाचन रोक्न ताला बन्दी गरिएको छ ।
विभिन्न विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको निहुमा तालाबन्दी गरेका हुन् । नेपालको आंगिक क्याम्पसहरु मध्ये भैरहवा बहुमुखि क्याम्पस नमुना क्याम्सको रुपमा छवि बनाएको छ । यस क्याम्पसमा तालाबन्दी पछि यहाँ अध्ययन गर्ने ५५ सय भन्दा बढी विद्यार्थीहरुलाई समस्या भएको छ । अहिले स्नातक तहका केही सेमेष्टरहरुको परिक्षा सुरु हुदैछ भने परीक्षा फारम भर्ने र नायँ भर्ना हुन आउने विद्यार्थीहरुलाई तालाबन्दीले समस्या पारेको भैरहवा बहुमुखि क्याम्पसका विद्यार्थीले बताउँछन् । क्याम्पसमा व्यवस्थापन संकाय, मानविकी संकाय, शिक्षा संकाय, विज्ञान संकाय र प्राविधिक विषय पढाई हुने यस क्याम्पसमा तालाबन्दी खोली शैक्षिक वातावरण सृजना गर्नका लागि विद्यार्थीहरुले माग गरेका छन् ।

नेपालमै शैक्षिक गुणस्तर र उत्कृष्ठ नतिजा ल्याउन सफल यस क्याम्पसमा तालाबन्दी पछि विद्यर्थीका भविष्य माथि खेलवाड भएको विद्यार्थीहरुले बताएका छन् ।
भैरहवा बहुमुखि क्याम्पसको प्रशासन शाखाले विभिन्न संगठनहरुले लगाएको तालाबन्दीका कारण विद्यार्थीहरुलाई सेवा दिन नसकेको बताएको छ । तालाबन्दी नखुल्दाँ सम्म स्ववियू चुनाव प्रभावित हुनुका साथै विद्यार्थीहरुका विभिन्न कामहरु गर्न नसकेको क्याम्पस प्रशासनको भनाई रहेको छ ।