logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बसन्तपुर खानेपानीको तेस्रो साधारण सभा


    ४ चैत्र २०७९ , शनिबार

    बसन्तपुर खानेपानीको तेस्रो साधारण सभा

    लुम्बिनीखबर
    भैरहवा, ४ चैत्र । रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको श्री बसन्तपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
    शनिवार ओमसतिया गाउँपालिकाको बसन्तपुरमा सम्पन्न भएको साधारण सभामा समितिका अध्यक्ष लक्ष्मण पन्थीले बनाएको बार्षिक कार्ययोजना र कोषाध्यक्ष नवल किशोर सिंह ले पेश गरेको लेखा परिक्षण प्रतिवेदन तथा आर्थिक प्रतिवेदन साधारण सभाले सर्बसम्मत पारित गरेको छ ।
    उक्त कार्यक्रममा योगिकुटी खानेपानी डिभिजन प्रमुख गुणनिधी पोखरेलले डिभिजन कार्यालयले अर्को खानेपानी ट्याङ्की निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित यादवले गाउपालिका द्वारा समितिलाई सक्दो सहयोग पु¥याउने र खानेपानी मानव जीवनको लागि अतिआवश्यक पक्ष भएकोले घर घरमा पानी पु¥याउन सहयोग गर्ने बताउनुभयो ।
    कार्यक्रममा बसन्तपूर खानेपानी तथा सरसफाई समितीका पुर्व अध्यक्ष तथा ओमसतिया वडा नम्बर ४ का अध्यक्ष अखिलेश्वर पाण्डेले गाउँबस्तीमा खानेपानी पु¥याउन दिनरात खटिरहेको र खानेपानीबाट कुनै गाउँ समुदाय वञ्चित नहुने जनाउनुभयो ।
    खानेपानीमा मात्र सिमित नभई ओमसतियाको चौतर्फी क्षेत्रको विकासमा ध्यान पु¥याउनु पर्ने लुम्बिनी पे्रस क्लवका उपाध्यक्ष कमल रायमाझीको भनाई रहेको छ ।
    विक्रम सम्बत् २०६७ बाट संचालनमा आएको यस खानेपानी समितिमा हालसम्म ६ सय ५ घरधुरी उपभोक्ता रहेका छन् । कार्यक्रमको संचालन अरुण कुमार चौधरीले गरेका थिए भने ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष धु्रव धिताल,समाजसेवी गणेश चौधरी, लिलामणि भट्टराई,विजय लक्ष्मी राय, ओमकार नाथ पाण्डे लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.