logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखी क्याम्पसका ४७ विद्यार्थी स्थायी शिक्षक दरबन्दीमा नियुक्त


    २८ चैत्र २०७९ , मंगलबार

    भैरहवा बहुमुखी क्याम्पसका ४७ विद्यार्थी स्थायी शिक्षक दरबन्दीमा नियुक्त

    झब्बर यादव
    सिद्धार्थनगर,  चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित भैरहवा बहुमुखी क्याम्पसका ४७ विद्यार्थीहरु स्थायी शिक्षक दरबन्दीमा नियुक्त भएका छन् ।
    भैरहवा बहुमुखी क्याम्पसमा विगत २ वर्ष देखि अध्ययन पुरा गरेका र अध्ययन गरिरहेका शिक्षाशास्त्र विभागमा स्नातक तह र स्नातकोत्तर तहका ४७ जना विद्यार्थीहरु शिक्षक सेवा पास गरी स्थायी शिक्षक नियुक्त भएका छन् भने १० जनाले लोक सेवा आयोगमा नाम निकाल्न सफल भएका छन् । स्थायी शिक्षकमा नियुक्त भएका ४७ जनाले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह जस्ता विभिन्न तहमा नियुक्त भएका छन् । क्याम्पसले समय समयमा शिक्षक सेवा आयोगको विषयमा सहजीकरण गर्ने गरेकोले यस्तो सफलता प्राप्त भएको शिक्षाशास्त्र विभागिय प्रमुख बाबुराम भण्डारीले बताउनुभयो ।


    शिक्षक सेवा आयोगले लिएको विभिन्न तहका परीक्षामा यस भैरहवा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु स्थायी शिक्षक पदमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै नियुक्त भएका विद्यार्थीहरुको सम्मान कार्यक्रम गर्ने शिक्षाशास्त्र विभागिय प्रमुख भण्डारी र क्याम्पसका सहप्राचार्य इन्द्र बहादुर वि.क ले जानकारी दिनुभयो ।
    अगामी दिनमा पनि क्याम्पसले विद्यार्थीहरुलाई लोक सेवा तथा शिक्षक सेवा आयोगका लागि सहजीकरण कक्षा संचालन गर्ने र बढी भन्दा बढी विद्यार्थीहरु सफल गराउने आपेक्षा राखेको क्याम्पसका सहप्राचार्य वि.क र शिक्षाशास्त्र विभाागिय प्रमुख भण्डारीको भनाई रहेको छ ।
    यस भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा शिक्षाशास्त्र विभाग तर्फ पाठ्यक्रम, नेपाली र अंग्रेजी विषय संचालनमा रहेको क्याम्पस स्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.