एलिना अचार्य
भैरहवा, चैत । द आर्ट अफ लिभिङ नेपालले चैत्र २३ गते सिद्धार्थ उद्योग वाणिज्य संघको भवनमा रामलला कि माता नामक थिएटर कार्यक्रम आयोजना गरेको थियो ।
भारतबाट आएका कलाकारहरु द्वारा साँझको करीब २ः३० घण्टाको लागि उक्त कार्यक्रम भएको थियो ।
सङ्गीतमय थिएटर कार्यक्रममा सहभागी दर्शकहरूले कलाकारहरुको प्रस्तुति नतमस्तक भएर ग्रहण गर्दै थिए । तर नाटकको एउटा अंशमा सबैका आँखा रसाए । जब, कैकेई र मन्थराको संवाद सुरु भयो ।
रामायण भन्ना साथ हामीले राम र सितालाई मात्र सम्झन्छौं तर रामलाई भगवान राम बनाउन कैकेई र मन्थराको ठूलो भूमिका रहेको छ । त्यो अंश हामीबाट धेरै टाढा छ । ईतिहास बाटै हेर्ने भने कैकेई र मन्थराको नाम आउन साथ दुबैलाई नकारात्मक दृष्टिकोण अथवा भनौ खलनायकको रुपमा हेर्ने गरिन्छ । तर राम १२ वर्ष वनवास नगएको भए आज सायद भगवान राम भनेर उनका बखान नहुन पनि सक्थ्यो ।
रामलिला कि माता नामक थिएटर कार्यक्रममा सहभागी सिद्धार्थ नगरपालिका वडा ७ का वडा सदस्य अभिषेक रावलका अनुसार ईतिहासमा पहिलो पटक रामको नाम जोडिएको कथाको सारमा मन्थरा र कैकेई भुमिका बारे वास्तविकता थाहा पाउँदा निन्द्राबाट उठेको जस्तो महसुस गरेको बताए ।
कार्यक्रममा सहभागी सृष्टि पछाईका अनुसार नाटकले हरेक नकारात्मक परिस्थितिमा पनि सकरात्मक्ता लुकेको हुने महसुस गरको बताए । आगामी दिनमा समेत यस्ता सकरात्मक नाटकको आयोजना गर्नु पर्ने कुरामा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस प्रकारका कार्यक्रमले संस्कार र संस्कृति जोगाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

द आर्ट अफ लिभिङ नेपालका लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र प्रधानका अनुसार, समाज सकरात्मक सन्देश प्रवाह गर्न र मानिसलाई कठिन परिस्थितिमा पनि संयम बनाउन आर्ट अफ लिभिङ नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।
कार्यक्रममा सहभागी सिद्धार्थ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरेका अनुसार समाजमा निरासा छाईरहेको अवस्थामा आशाको किरणको रूपमा कार्यक्रमले प्रभाव पारेको बताउँदै संस्कार र संस्कृति जगेर्नाको निम्ति यस्ता कार्यक्रमको आयोजना हुन पर्ने कुरामा जोड दिए ।
द आर्ट अफ लिभिङ नेपालका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले रामायणको यो अंशले मानवलाई जीवनमा हरेक परिस्थिति घट्नु पछाडि कारण हुने भान गराउने बताए ।
कार्यक्रममा करीब ४ सय भन्दा बढी मानिसहरुको उपस्थित रहेको थियो भने स्थानीय कलाकारहरुको समेत साङ्गीतिक प्रस्तुति रहेको थियो ।