अन्जना चौहान
लुम्बिनी , ५ बैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिका वाड नम्बर ७, ८लुम्बिनी गेट न १२ शिवगढिया चौकहरुमा रहेको होटलहरुमा खुला रुपमा यौन ब्यापार भइरहेको स्थानीयहरुको रहेको भनाई छ।
स्थानीय ब्यक्तिहरुले मौखिक रुपमा पटक पटक भन्दा झै झगडा गर्ने हातपात गर्ने ज्यान मार्ने धम्की समेत दिने गरेका बताएका छन्।
हामी वडावासी धेरै पिडित छौँ । हामी ले लिखित निवेदन २०७९।१२।३० गते लुम्बिनी साँस्कृतिक नगरपालिका , लुम्बिनी विकास कोष, लुम्बिनी इलाका प्रहरी कार्यलय मा बुझाएका थियो । तर कुनै पनि ठाउँबाट अनुसन्धान नभएको र यो कार्य पश्र ध्यानाआकर्षण नभएको।
स्थानीय बासिहरु शान्तिपूर्ण आज लुम्बिनी साँस्कृतिक नगरपालिका घेराउ गरन बादय भएका थिए।
लुम्बिनीमा रहेका न्यु सैनामैना, धौलागिरी आर्य ,सौम्या वर्ष बुद्ध रिभरसाइड पर्सा होटलहरुमा भइरहेको देह ब्यापार तथा अपराधीक अनैतिक कार्य तत्काल रोक्न अनुरोध गरेको छन ।
लुम्बिनी साँस्कृतिक नगरप्रमुखले निवेदन को प्रक्रिया नमिलेको हुनाले एक हप्ता पछि काम अगाडि बढाउने बताएका छन।
दुई सय भन्दा बढि स्थानीयहरुले मुचुल्का गरेका छन्।