ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, २९ चैत । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन् । भैरहवा भन्सार कार्यालयको मार्ग हुदै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनीखबरको स्थलगत रिर्पोटिङ्का क्रममा चैत २८ गते यस नाका हुदैं भाारतीय कार, मोटरसाइकल र बस पर्यटन बोकेर २८१ भित्रिएका छन् । ५१९ वटा भारतीय कार, मोटरसाईकल भन्सार सुविधाबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयको तथ्याङ््कमा देखिन्छ । चैत २८ गते साँझ सम्मको रिर्पोटिङ्को क्रममा ४६३ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् । २६३ वटा मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न १४ देशबाट ३०४ जना पर्यटक उक्त दिन भारतीय मार्ग हुदैँ नेपालमाा प्रवेश गरेका छन् ।