असलम खाँन
मर्चवार, ८ बैशाख । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षको विशेष पहलमा गाउँपालिका भित्र १५ वटा ट्रान्सफार्म जडान कार्य सुरु भएको छ ।
मर्चवारी गाउँपालिका कृषि कार्यमा निर्भर गाउँपालिका हो । यहाँका अधिकाशं मानिसहरु कृषिमा निर्भर छन् । यहाँका मानिसहरु मौषम अनुसारका विभिन्न खाद्य तथा नगदे वालीहरु लगाउने गरेको देखिन्छ । तर यहाँका कतिपय ठाउँमा आवश्यकता अनुसारको क्षमता भएको ट्रान्सफार्म जडान नहुदाँ कृषि कार्यमा कठिनाई देखिन्छ । मौषमको परिवर्तन संग विभिन्न किसिमका कृषि उपकरणहरु खनिज तेलबाट चल्ने भएकोले लाभदायक देखिदैन , तर विद्युतबाट त्यही कार्यको लागि विद्युतीय उपकरण प्रयोग गर्दा बढी प्रभावकारी देखिएको कृषहरुले बताउँछन् ।
अहिलेको युग आधुनिक युग हो । अहिले समयको परिवर्तन संग सबै क्षेत्रको विकास र समृद्धि हुन जरुरी रहेका मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन् । गाउँपालिकाको सबै वडामा विद्युत पु¥याउनका लगिपरेको गाउँपालिका अध्यक्ष बरईले जनाएका छन् । गाउँपालिकाका केही वडाहरुमा ट्रान्सफार्म जडान कार्य अघिबढेको बताएका छन् । ट्रान्सफार्म जडान कार्य हरिनगढ, सोजबर्षा, मनौरा, रायपुर, महाराजगञ्ज, थानकवा, मुडियारी, अमवा, सनइडिहवा, बगौलि स्टाक, रामगंजवा, बगौली चोक, कोइरीपुरवा, बगहा यी गाउँहरुमा ट्रान्सफार्म जडान गर्न सिफारिस भएको गाउँपालिका अध्यक्ष बरईले जनाउनुभयो ।
गाउँपालिका भित्रका विभिन्न वडाका गाउँहरुमा गर्मी तापक्रम बढने लगत्तै पहिले देखि जडान भएको ट्रान्सफार्मको क्षमता धान्न सकेको देखिदैन् । हालमा थप केही ट्रान्सफार्महरु बाट सिचाईका मोटरहरु समेत चलाउन भएकोले उक्त ट्रान्सफार्महरुले आवश्यकता अनुसारको क्षमता दिन नसकेको देखिदैन् । विभिन्न वडाका ट्रान्सफार्म परिवर्तन गरिदिन र क्षमता बृद्धि भएका ट्रान्सफार्म जडान गर्नका लागि नेपाल विद्युत प्राधिकरण शाखा भैरहवा कार्यालयसंग ११ माग गरेको गाउपालिका अध्यक्ष बरईले बताएका छन् ।