logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    निःशुल्क मधुमेह तथा मृगौला परीक्षण


    १५ बैशाख २०८० , शुक्रबार

    निःशुल्क मधुमेह तथा मृगौला परीक्षण

    रोकश कोहाँर
    सिद्धार्थनगर, १५ बैशाख । सिद्धार्थनगर नगरपालिका स्थित सिद्धार्थनगर सिटी हस्पिटलले निःशुल्क मधुमेह तथा मृगौला परीक्षण क्याम्प संचालन गरेको छ ।


    वर्षौ देखि सिद्धार्थनगर नगरपालिमा सिद्धार्थनगर सिटी हस्पिटलले गुणस्तरी सेवा प्रदान गर्दै आइहेको छ । अहिले सम्म यो हस्पिटलले विभिन्न किसिमका विरामीहरुको उपचारमा सफल बन्दै गएको देखिन्छ ।

    यो हस्पिटलमा विभिन्न किसिमका प्राविधियुक्त सेवा तथा गुणस्तरीय सेवा प्रदान गरेको हुदाँ विरामीहरुले काठमाडौं तथा भारतका विभिन्न अस्पतालमा धाउनमा कमि आएको हस्पिटल स्रोतले जनाएकोछ ।

    सिद्धार्थनगर सिटी हस्पिटल गाउँघरमा विभिन्न रोग लिएर लुकेका रोगहरुलाई निःशुल्क रुपमा चेक जाच गरी औषधी उचार गरी निको पार्ने काम गर्दै आएको हस्पिटल स्रोतले जनाएको छ । विरामीलाई यो हस्पिटलमा विभिन्न किसिमका रोगीहरुलाईका विभिन्न किसिमले सुविधाहरु दिई सहजीकरण गर्ने काम गर्दै आएको छ । यो हस्पिटलमा अत्यन्तै न्यून शुल्कमा दीर्घ रोगीहरुलाई रोगबाट मुक्त पारेको हस्पिटल स्रोतले जनाएको छ ।


    सिद्धार्थ सिटी हस्पिटलले सियारी गाउँपालिका वडा नम्बर ४, वर्लवामा बैशाख १७ गते आइतवार विहान ८ बजे देखि १२ बजे सम्म श्री बाल कल्याण प्राथमिक विद्यालयमा निःशुल्क मधुमेह तथा मृगौला परीक्षण क्याम्प संचालन गरेको जनाएको छ ।


    साथै उक्त हस्पिटलले मायादेवी गाउँपालिका वडा नम्बर ३ को सुकरौलीमा बैशाख १७ गते आइतवार २ बजे देखि ५ः३० बजे सम्म श्री लक्ष्मीनारायण धर्मशाला भवन निःशुल्क मधुमेह तथा मृगौला परीक्षण कार्यक्रम संचालन गर्ने सिद्धार्ननगर सिटी हस्पिटलले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.