ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, २ जेठ । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन । भैरहवा भन्सार कार्यालयको मार्ग हुदँै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनी खबरको स्थलगत रिर्पाेटिङका क्रममा जेठ २ गते सोमवार यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ३११ नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधा भएर नेपाल भित्रिएको ५२५ रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । जेठ २ गते सोमवार साँझ सम्मको रिपोटिङका क्रममा ३९९ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् भने ३७२ मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न ७ देशबाट १९ जना पर्यटक भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।