मनोज क्षेत्री
भैरहवा, ५ जेठ । लायन्स डिष्ट्रिक ३२५ पि मा उत्कृष्ट कार्यक्रम गरेर अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रियता बटुल्न सफल लायन्स क्लव अफ भैरहवा ग्रिन सिटीले शेक्षिक क्षेत्रमा पनि आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको छ । समाज रुपान्तरणको क्षेत्रमा उल्खनिय काम गरेको क्लवले विहिवार भैरहवाको एक शैक्षिक संस्थामा पोषाक र शैक्षिक सामाग्रीका साथै बिद्यार्थीहरुका लागि झोला वितरण गरेको हो ।
“हामी सेवा गर्छाै” भन्ने मुल नारालाई आत्मसात गर्दै ग्रिन सिटीले शैक्षिक सामाग्रीका साथै पोसाक र झोला वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २मा अवस्थित मेउडिहवा आधारभुत विद्यालयमा उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ पि का गर्भनर नवराज न्यौपानेले ग्रिन सिटीले गरेको कामको प्रशंसा गर्दै विद्यार्थीको शिक्षा प्रति ध्यान दिनुपर्ने जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि वडा न. २ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तवले अक्षयकोष निर्माण गरी विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्नु स्रहानिय कार्य भएको बताए ।
मेउडिहवा आधारभुत विद्यालयका प्रधानाध्यापक आशा थापाले लायन्स क्लवले निर्माण गरेको अक्षय कोषवाट आएको रकमले बर्षेनी विद्यार्थीलाई पोशाक वितरणमा सहज भएको बताए ।
लायन्स क्लव अफ भैरहवा ग्रिन सिटीका अध्यक्ष श्री रायमाझी क्लवको स्थापना कालदेखि नै मेउडिहवा विद्यालयसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
क्लवले ४० जना विद्यार्थीलाई पोसाक र १८ जना विद्यार्थीलाई झोला वितरण गरेको थियो । लायन्स क्लव अफ ग्रीन सिटीले समय समयमा समाजसेवा सँग सम्वन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विना पौडेल सञ्चालन तथा अमृता गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।