logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    खानेपानी सरसफाई तालिम तथा प्रोत्साहन कार्यक्रम सुरु


    ६ जेष्ठ २०८० , शनिबार

    खानेपानी सरसफाई तालिम तथा प्रोत्साहन कार्यक्रम सुरु

    अन्जना चौहान
    लुम्बिनी, ६ जेठ । लुम्बिनी साँस्कृतिक नगरपालिका वाश शाखाको आयोजना र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिना कार्यालयको सहयोगमा खानेपानी सरसफाइ तालिम तथा प्रोत्साहन कार्यक्रम जेठ ६ शनिवार देखि ७ गते सोमवार गरी २ दिने कार्यक्रम सुरु भएको छ ।


    कार्यक्रमको उद्देश्यबारे लुम्बिनी साँस्कृतिक नगरपालिका वाश शाखा प्रमुख शेषराम यादवले टोल सुधार समिति कसरी विस्तार गर्ने कानुनी प्रक्रिया कस्तो छ । नगरपालिकाले बनाएकाो नीति नियम बारे र वडा नम्बर ११ मा १८ओटा टोल सुधार समिति रहेको जसमा १३ सय २ घरधुरी समते रहेको बताउनुभयो । लेखाजोखा गर्न वडा नम्बर ११ ले जिन्सी कार्यक्रम ल्याउने अनुरोध समेत गरेका छन ।
    कार्यक्रम प्रशिक्षक ओम प्रकाश बनियाँले खानेपानी सरसफाइ महत्वपूर्ण रहेकोले विभिन्न गाउँमा रहेको शौचालय नजिकै हेडपाइप जडान गरनु हुदैन पानी दुषित हुन्छ । फोहोमैला व्यवस्थापन गर्नु पर्छ । बानी व्यवहार संगै सरसफाइ राख्नु पर्छ चर्पी अनिवार्य प्रयोग गर्ने बानी बसाल्नुपर्दछ । शौचालय भरिए पछि गाउँ नजिकै फाल्नु हुदैन यसले प्राण घातक रोग लाग्न सक्ने सम्भावना बढी भएको बताउनुभयो ।


    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमानले टोेल सुधार समिति सक्रिय भएर काम गर्नुपर्छ आ–आफ्नो टोल सफा र स्वच्छ राख्नु पर्छ । मैले आफ्नो वडा द्वारा सात कर्मचारी राखि नालि सफा गराएको छु तपाईहरु मासिक बैठक गर्नु खाजा खर्च वडा बाट मिलाउछु । आगामि दिनहरुमा लेखाजोखा जिन्सी कार्यक्रम थप गर्ने छु । टोल सुधार समितिले अहिले प्रत्येक गाउँमा गएर अनुगमन गर्नुहोस र सबै सहकार्य गर्नु पर्ने जानकारी दिनुभयो
    कार्यक्रममा ३४ जनालाइ हार्पिक, ब्रस हाथ धुनका लागि साबुन, पुछने टावेल हेडवाश प्रोत्साहन वितरण भएको थियो ।
    कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ११ का अध्यक्ष अकरामुद्दिन मुसलमान प्रमुख अतिथ्यतामा, लुम्बिनी साँस्कृतिक नगरपालिका वाश शाखा प्रमुख शेषराम यादव, प्रशिक्षक ओम प्रकाश बनियाँ १८ ओटा टोल सुधार समितिका पदाधिकारि लगायतका ३४ जना सहभागिहरुको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.