logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बिरामीको जीवन रक्षाका लागि रक्तदान गरौँ


    १६ जेष्ठ २०८० , मंगलबार

    बिरामीको जीवन रक्षाका लागि रक्तदान गरौँ

    झब्बर यादव
    सिद्धार्थनगर, १५ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित सिद्धार्थनगर सिटी हस्पिटल तथा मञ्जुश्री फाइनान्सको संयुक्त आयोेजनामा र नेपाल रेडक्रसको सहयोगमा जेठ १५ गते सोमावार सिद्धार्थनगर सिटी हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


    कार्यक्रम सिद्धार्थनगर सिटी हस्पिटलका म्यानेजिङ डाईरेक्टर आर्जुन पौडेल को अध्यक्षतामा, नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्लाका सभापति दिपक क्षेत्री न्यौपानेको प्रमुख अतिथ्यतामा, हस्पिटलका अध्यक्ष डा. सुवोध कुमार पाण्डे, मञ्जुश्री फाइनान्स योगिकुटी शाखा प्रमुख पुजा घिमिरे, हस्पिटल डाईरेक्टर डा. अमित चर्तुवेदी लगायतको अतिथ्यतामा कार्यक्रम भएको आयोजक स्रोतले जनाएको छ ।


    कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति न्यौपाने द्वारा पानसमा बत्ति बाली कार्यक्रम उद्घाटन गरिएको थियोे ।
    सिद्धार्थनगर सिटी हस्पिटलले निरन्तर रक्तदान गरिरहने यस क्षेत्रका ७ जनालाई सम्मान प्रदान गरेको छ । निरन्तर रक्तदान गर्नेहरुमा अनुप थापा, प्रमोद सिंह थापा, जय श्याम नाउँ, निर्मल कार्की, राम मिलन पासी, राम शरन खटिक र हेमन्त त्रिपाठी रहेका छन् । सम्मानित ७ जना मध्ये राम शरन खटिक र हेमन्त त्रिपाठी यही हस्पिटमा कार्यरत कर्मचारी रहेको हस्पिटल स्रोतले जनाएको छ ।


    बिरामीको सेवालाई मध्यनजर गर्दै यस हस्पिटलले पटक पटक रक्तदान कार्यक्रम संचालन गर्दै आईरहेको हस्पिटल स्रोतले जनाएको छ । सिद्धार्थनगर सिटी हस्पिटलले मञ्जुश्री फाइनान्ससंग सहकार्यमा रक्तदान कार्यक्रम गरेकोे पहिलो पटक रहेको हस्पिटल स्रोतले बताएको छ । बिरामीको जीवन रक्षाको लागि गरिने रक्तदानमा सबै जनाको सक्रिय सहभागिता रहेकोमा लगभग ३५ जनाले रक्तदान गरेको हस्पिटल स्रोतले जनाएको छ ।
    कार्यक्रममा स्वागत डा. अमित चर्तुवेदी गरेका थिए भने कार्यक्रम संचालन सम्झना नेपालले गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.