logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    प्याराग्लाइडिङ परिक्षणमा रुरुक्षेत्रमा सफल


    १९ जेष्ठ २०८० , शुक्रबार

    प्याराग्लाइडिङ परिक्षणमा रुरुक्षेत्रमा सफल

    सुरज ज्ञवाली
    भैरहवा, १९ जेठ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अवस्थित बम्घाकोटमा जेठ १४ र १५ गते गरी दुई दिन प्याराग्लाइडिङ परिक्षण गरिएको छ ।
    आइतवार रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ बम्घाकोटमा र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २, ३ र ४ संगम स्थल कफी अनुसन्धान केन्द्रमा प्याराग्लाइडिङ् परिक्षण गरिएको हो । रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन घ्यूवेसी फाटमा प्याराग्लाइडिङ परिक्षण गरिएको गुल्मी जिल्ला अखिल क्रान्तिकारी जिल्ला सचिव किसन पाण्डेयले जानकारी दिनुभयो ।


    पहिलो पटक गरिएको प्याराग्लाइडिङ परिक्षण गर्ने पाइलट ऋषि गौतम हुन् । यस क्षेत्रमा प्याराग्लाइडिङका लागि हावाको वेग, भूगोल र अनुकुल वातावरण भएको हुदाँ सम्भावना बृहत रहेको अखिल क्रान्तिकारी जिल्ला सचिव पाण्डेयले बताउनुभयो ।


    रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष प्याराग्लाइडिङ परिक्षण गरिसकेपछि यस विषयमा चासो तिव्र देखिएको बताउनुभयो । अध्यक्षले पर्यटन व्यवसायमा प्याराग्लाइडिङले टेवा पुर्याउने भएकोले राज्यको लगानीमा हुन्छ कि, व्यक्तिगत लगानीले हुन्छ कि साझेदारी कार्यक्रम गरेर हुन्छ जसरी हुन्छ जसरी भएपनि गर्ने कुरामा सहमति जनाएको बताउनुभयो । अध्यक्षले भने “आन्तरिक र बाह्य पर्यटकको एउटा दुर्गम क्षेत्र रुरुक्षेत्र गाउँपालिका हुनुपर्छ ।” रुरुक्षेत्र गाउँपालिकाको हावाको वेग, भुगोल र वातावरण प्याराग्लाइडिङ्का लागि उत्कृष्ठ ठाउँको रुपमा पहिचान भएको बताउनुभयो । नेपालका अधिकाशं ठाउँ मध्ये पनि विशेषतः मनोरञ्जनात्मक ठाउँहरु कहाँ हुन्छन् भन्ने कुरा मुख्य हुने गर्दछन् । प्याराग्लाइडिङ्का लागि नेपालमा सिमित ठाउँ भएको हुदाँ प्याराग्लाईडिङ् गर्ने उद्देश्य राखियो भने रुरुक्षेत्रको पर्यटन ताट फेर्ने कुरामा विश्वास रहेको पाण्डेले बताउनुभयो ।

    नेपालको प्रमुख आयको स्रोत भनेको नै कृषि र व्यवसाय हो । जसले गर्दा व्यवसाय भित्र अनेकौ पाटा पर्दछन् । आन्तरिक पर्यटन व्यवसायको विकास गर्न जाने हो भने यहाँको जनजीवन, भुगोल, उत्पादन आन्तरिक पर्यटन र वाह्य पर्यटनले यहाँको जनजीवन छलाङ् लगाउने कुरामा महसुस गरेको बताउनुभयो । आफूलाई विगतको अनुभव भएको कारणले पर्यटन व्यवसाय अगाडि बढाएर सिसमहल बम्घाकोट एउटा ऐतिहासिक पृष्ठभुमि बोकेको ठाउँ हो त्यहाँ पनि प्याराग्लाईडिङ्का साथै साइकिलिङ पर्यटन व्यवसाय गर्न सकिन्छ । बम्घाकोट श्रीङगेश्वरधाम चार धाम मध्ये रुरुक्षेत्रधामलाई एक धामको रुपमा जोडेर यहाँको पर्यटन विकास गर्दा रुरुक्षेत्र गाउँपालिकाका साथै जनजीवन उकास्नका निम्ति आर्थिक, सामाजिक, व्यवसायिक आदि हिसाबले यहाँको जनजीवन माथि उकास्न कुरामा विश्वास रहेको बताउनुभयोे ।
    अन्त्यमा नयाँ आर्थिक वर्षमा तीन वटै सरकारले पर्यटन व्यवसाय परिक्षणमा यो क्षेत्र उत्कृष्ट दखिएकोले पहल गर्ने गर्न अनुरोध समेत रहेको बताउनुभयो । साथै पर्यटन व्यवसायको सम्भावना वोकेको यो क्षेत्रमा सरकारी वा नीजि वा सम्बन्धित सरोकारवालाहरु ध्यानदिई सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.