झब्बर यादव
सिद्धार्थनगर, २२ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित भैरहवामा रहेको शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही कार्यालयको अगाडि नेपाल विद्यालय कर्मचारी परिषद् कार्यसमिति रुपन्देही द्वारा धर्ना कार्यक्रम जेठ २१ गते आइतवार देखि सुरु भएको छ ।

सामुदायिक विद्यालयहरुमा न्यून वेतनमा कार्यरत कर्मचारीहरुको पूर्ण सेवा सुविधा सहित पेशातग स्थानीत्व विषयक नेपाल सरकार नीति तथा कार्यक्रमको बुदा नम्बर १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको र बेवास्ता गरिएकोले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार विरोध कार्यक्रम गरिएको हो ।

धर्ना तथा विरोध कार्यक्रम जेठ २१ गते आइतवार देखि जेठ २६ गते शुक्रवार सम्म एक सता परा हुने भएको छ । धर्ना कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।