लुम्बिनीखबर
भैरहवा, ३० जेठ । हङकङमा आयोजित एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ ।
हङकङको खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनायो । बलिङ सानदार गरेको नेपालको ब्याटिङ जम्न नसक्दा हार बेहोरेको छ । नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए ।
यस अघि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा समेटेका थिए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालका इन्दु बर्माले ३, कविता जोशी, सीता राना मगर र कविता कुँवरले २ , २ विकेट लिएका थिए ।