झब्बर यादव
सिद्धार्थनगर, १४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित आस्था महिला उद्यमी संघद्वारा ७ दिने चुरा पोते बनाउने तालिम सुरु भएको छ ।
उक्त कार्यक्रम “सीप सिकौ आत्मनिर्भर बनौँ, आफनो पहिचान आफै बचाउँ ” भन्ने मुल नाराका साथ उद्यमसिलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिम अन्तर्गत ७ दिने चुरा पोते बनाउने तालिम सुरु गरिएको आस्था महिला उद्यमी संघका अध्यक्ष विन्दु न्यौपानेले बताउनुभयो ।

उक्त तालिम कार्यक्रम आज असार १४ गते विहिवार देखि असार २० गते बुधवार सम्म हुने आस्था महिला उद्यमी संघका अध्यक्ष न्यौपानेले बताउनुभयो । यो कार्यक्रम आस्था महिला उद्यम संघले आफनो नीजि लगानीमा सम्पूर्ण सिद्धार्थनगर नगरपालिकाका महिलाहरुलाई निःशुल्क ७ दिन सम्म तालिम दिई आत्मनिर्भर बनाउने लक्ष्यका साथ संचालन गरिएको संघका अध्यक्ष न्यौपानेले बताउनुभयो ।कार्यक्रममा उद्योग व्यापार संगठनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अनिल कुमार ज्ञवालीको शुभकामना मन्तव्यवाट शुभारम्भ भएको आयोजक स्रोतले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक पार्वती खनालले गरेकी हुन भने लक्ष्मी अधिकारीले संचालनले गरेकी हुन ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका १३ वटै वडाका ७० जना महिला तथा किशोरीहरुको सहभागितामा कार्यक्रमको शुभारम्भ भएको आयोजक स्रोतले जनाएको छ ।
तालिममा प्रशिक्षण विजया गिरी, सहप्रशिक्षक माया गुरुङ्ले गरेका हुन । कार्यक्रम समापन आस्था महिला उद्यमी संघका उपाध्यक्ष माया खनालले गरेको आयोजक स्रोतले जनाएको छ ।