कमल रायमाझी
लुम्बिनी, १२ बैशाख । नेपाली माझ लोकप्रिय युवा नेताको उपमा पाएका अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष दिपेश पुनले स्वास्थ्यकर्मी प्रति सवैले सम्मान गर्नु पर्ने बिचार व्यक्त गरेका छन् ।

सामाजिक संञ्चाल फेसबुकमा लेख्दै उपाध्यक्ष पुनले आफु गाडी दुर्घटना परेर अस्पतालमा भर्ना हुदा डाक्टरहरु भगवान समान हुने अनुभव गरेको बताएका छन् ।
मानिसको शरिर मांसपेसी निर्मित हुने भएकाले जुनसुकै बेला पनि समस्या निम्तिने हुदाँ डाक्टरहरु नै समस्याको समाधान गर्ने व्यक्ति भएकाले उनिहरुको सवैले सम्मान गर्नु पर्ने धारणा समेत उनले भावुकता साथ लेखेका छन् ।
उर्जामन्त्री बर्षमान पुन गभिंर प्रकारको स्वास्थ्य समस्या आउदा थाईल्याण्ड लैजानु परेको प्रसंग समेत फेसबुकमा लेख्दै उपाध्यक्ष पुनले डाक्टरहरुको मिहेतन र सहयोग नहुने हो भने हामीले अकालमा मृत्यु रोज्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
शान्तीका प्रतिक गौतम बुद्धको देश नेपाल र बिश्वको अग्लो शिखर सगरमाथाको देशका बासिन्दा भएकाले पनि हामीले सवै कुरा सोचबिचार गरेर अगाडी बढ्नु पर्ने धारणा उपाध्यक्ष पुनले राखेका छन् ।

कसैलाई दुःख पर्दा सवैको साथ र सहयोग आवस्यक रहेको विचार राख्ने पुन नेपाली समाजमा चर्चित र समाजसेवी युवा नेताको रुपमा परिचित रहेका छन् ।
उनले व्यक्त गर्ने बिचारहरु आमनेपालीहरुका लागी प्रेणाको स्रोत बन्ने गरेको छ ।