लुम्बिनीखबर
मणिग्राम, मंसिर । नजिकै करिब ३० मिटर उत्तरको खुल्ला चौरमा कुस्तीबाजहरुको प्रतिसपर्धा चलिरहेको छ । सोही मैदानको दक्षिण तर्फ एउटा सामन्य टेन्टभित्र घोगी, गंगटा र झोल माछा खाने सर्वसाधरणको तछाडमछाड चलिरहेको छ । लाठी, झर्रा नाचमा पीडुंला मर्काउदैं थारु युवा युवतिहरु नाचिंरहको दृश्य मोबाईल , क्यामरा र मन भित्र कैद गर्नेको भीड पनि उत्तिकै छ ।

बाहिर थारु अगुवाहरु सखिया थारु सामुदायीक होम स्टे लेखेको त्रिपाल भित्र सर्वसाधरणलाई स्वागत गरिरहेका छन् । यो दृश्य तिलोत्तमा औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्सव २०७५ मा केहि दिन देखीरहेकोछ ।
महोत्सवमा थारु समुदायको संस्कृति र खानाको परिकार एकै ठाउमा पस्कीरहेका उनीहरु दर्शकको माया र सद्भाबबाट झनै हौसीएका छन् ।
शिक्षकको जागिर छाडेर आफ्नै समुदायको संस्कृति र संस्कार संरक्षण तथा प्रबद्र्धन गरी सामुहिक आयआर्जनमा लागेका राजेन्द्र थारु भन्छन्, ‘शिक्षक भएर पढाउदां मेरो मात्रै आर्थिक अवस्था सुदृढ हुन्थयो तर म होम स्टेको एउटा सदस्यको नाताले थारु संस्कृति र परिकार मार्फत आय आर्जन गर्ने सामुहिक अभ्यास मार्फत समाजको प्रगति हेर्न लागी परकेो छु ‘
घोगी, गंगटा र झोल माछा ,माछा फ्राई, लोकल कुखुराको मासु, ढिकरी, पत्उसनी, अनदीको भुजा बेच्न थारु पोशाकममा सजिएका युवतिहरुको आत्मीयता साच्चिकै स्मरणीय भएको स्टलमा भेटिएका ग्राहकरुले एकै स्वरमा बताए । उनीहरुले भने , ‘यहांको खाना, थारु दिदीबहिनीको स्वागत र नांच स्मरणीय छन् । ’
झर्रा, झुमरा, जोगिया, लाठी नांचको बेजोड प्रस्तृति रहेको उक्त स्टलको प्रस्तुति गनेमनेका कलाकारले ५० मिटर अगाडी झकिझकाऊ स्टेचमा दिने दैनिक प्रस्तृति भन्दा कम आकर्षकको छैन । उक्त नांच हेर्न र खाना खान करिब ५ हजार दर्शक आएको र तीनीहरुबाट दैनिक १० हजार आम्दानी भईरहेको होमस्टे सन्चालक सदस्य घनश्याम थारुले जनाए । हरिनारयण थारुको नेतृत्वमा सन्चालित उक्त होमस्टे तिलोत्तमा नगरपालिका वडा नम्बर १३ सेमरीमा व्यवस्थीत ढंगले सन्चालनमा आउदैंछ । तिलोत्तमा नगरपालिकाले चालु वर्षमा ५० लाख रकम विनियोजन गरी होम स्टे मार्फत पर्यटक भित्राउने र थारु समुदायको जिवनस्तर उकास्ने योजना अगाडी सारेकोमा थारु अगुवा घनश्याम थारु औधी खुसी छन् । मंसिर ६ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरको महोत्सव १८ गते सम्म चल्नेछ । अहिले सम्म महोत्सव अवलोकन गर्न ४५ हजार दर्शक आईसकेको महोत्सव मुल आयोजक उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारयण प्रसाद भण्डारीले जनाए