logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    काशी नोबलद्वारा खेलकुद सामग्री वितरण


    २६ बैशाख २०७६ , बिहिबार

    काशी नोबलद्वारा खेलकुद सामग्री वितरण

    रुबिना थापा
    भैरहवा, वैशाख । विश्व रेडक्रस दिवसको अवसर पारेर काशी नोबल एकेडेमी भैरहवाले सिद्धार्थ प्रा.वि. जनकपथका विद्यार्थीहरुलाई खेलकुदका सामग्रीहरु प्रदान गरेको छ ।

    सिद्धार्थ प्राविमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सबैको ध्यान पुगोस् भन्ने उद्देश्यले क्यारमबोर्ड, फुटबल लगायत हजारौँ मूल्य पर्ने सामग्री वितरण गरेको काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । काशी नोबल एकेडेमीका सह–प्राचार्य श्रीबहादुर रायमाझीको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विभिन्न महानुभावहरुले शिक्षालाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक रुपमा प्रयोग गर्नुपर्ने बताएका थिए ।
    काशी नोबलका निर्देशक हरि प्रसाद आचार्यको सञ्चालन तथा सिद्धार्थ प्राविका प्रधानाध्यापकको स्वागत मन्तव्य रहेको कार्यक्रममा काशी नोबलका कक्षा ७ देखि १० सम्मका विद्यार्थी र सिद्धार्थ प्राविका विद्यार्थीहरुमा समेत आपसी सहकार्य गराइएको काशी नोबलको सूचना शाखाले जनाएको छ ।
    कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गरिने काशी नोबल एकेडेमी यस क्षेत्रकै उत्कृष्ट शिक्षा प्रदान गर्ने विद्यालयका साथै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण कार्यहरु गर्ने शिक्षण संस्थाको रुपमा लोकप्रियता कमाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.