logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    नदिजन्य पर्दाथमा अनिमिततामा ः अध्यक्ष चौधरी


    १४ जेष्ठ २०७६ , मंगलबार

    नदिजन्य पर्दाथमा अनिमिततामा ः अध्यक्ष चौधरी

    कमल रामयाझी
    भैरहवा, १४ जेठ । शुद्धोधन गाउँपालिका रुपन्देहीका अध्यक्ष किशुनचन्द्र चौधरीलाई नदिजन्य पर्दाथमा अनिमितता गरेको आरोप लागेको छ ।
    गाउँपालिकाको दानब नदिका वेलवा घाट , गूरौली घाट र नौडिया घाट बाट नदिजन्य पर्दाथ निकासीमा ठेकेदार संगको मिलोमतोमा तोकिएको भन्दो बढि बालुवा गिट्टी निकालिएको आरोप लागेको हो ।


    गौसर कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तिलोत्तमाले पाएको निकासीको ठेक्कामा सप्लायर्स र गाउँपालिका अध्यक्ष चौधरीले आपसी लेनदेनमा प्राविधिकले तोकेको परिणाम भन्दा बढी उत्खनन् र निकासी गरिएको स्थानियहरुले आरोप लगाएका छन् ।
    हामीले हेरेको हेरै लाखौ घनफुट परिणाममा बालुवा निकासी भएको भन्दै स्थानिय शम्भु चौहानले गाउँपालिकाले दादागिरीको भरमा नदि जन्य पर्दाथमा अनिमियता गरेको आरोप लगाएका छन् ।
    जनताका अगाडी गाउँपालिकाले भन्नुपरेयो कति परिणामको बालुवा गिट्टी निकाल्न दिएको र कति निकालिएको छ भन्दै स्थानियबासी चौहानले पार्दर्शीरुपमा जान्न आफुहरुले चाहेको बताए ।
    नदिजन्य पर्दाथ ठेक्का लगाएको भन्दा लाखौ घनफुट बढि निकालेको छ जनताका अगाडी प्राविधिक बोलाएर नापौ भन्दा अध्यक्ष चौधरीले नाप्न तयार नहुनु पनि उनको अर्पादर्शी निति भएको स्थानियहरु बताउछन् ।
    गाउँपालिका अध्यक्षले खोलामा अबैध रुपमा उत्खनन् गर्नेलाई संरक्षण र गाउँमा जनताका ट्रयाक्टरले बैध रुपमा बिल भरपाईका साथ बोकेको बालुवा जफत गरि बहादुरी देखाउने काम समेत गरेको भन्दै स्थानिय रामकेश लोहनियाले बिरोध जनाएका छन् ।
    प्रहरीले समेत बैध र अबैध कुन हो पत्ता नलगाई हाम्रा गरिखाने ट्रयाक्टर जफत गरेको भन्दै लोहनियाले सत्य तथ्य रुपमा छानबिन हुनुपर्ने माग पनि राखेका छन् ।


    यस बिषयमा गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेलले खोलाको निकासीका केहि दिन देखी बिवाद देखिएको बताउदै यसको यर्थात केहो भन्नेमा गाउँपालिका अगाडी बढेको जानकारी दिए ।
    उनले नदिजन्य पर्दाथ निकासीमा तोकेको परिणाम भन्दा बढि निकालिएको भन्ने गुनासो आएकाले यसको बिषयमा अनुगमन टोलिले अनुसन्धान गरेको समेत बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.