logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    युसिएमएसमा क्रिटिकल केयर नर्सिङ तालिम सुरु


    १६ मंसिर २०७६ , सोमबार

    युसिएमएसमा क्रिटिकल केयर नर्सिङ तालिम सुरु

    कमल रायमाझी   
    भैरहवा,१६ मंसिर । नेपाल नर्सिङ संघ रुपन्देही शाखाको आयोजना तथा एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरको सहयोगमा क्रिटिकल केयर सम्वन्धी चार दिने तालिम युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल रानिगाँउ भैरहवामा सुरु भएको छ ।


    चार दिन सम्म चल्ने यो तालिममा रुपन्देही, नवलपरासी र पाल्पामा रहेका सरकारी तथा निजि अस्पतालमा कार्यरत १ सय २० जना नर्सिङ स्टाफहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । नर्सिङ कलेजमा प्रध्यापन गराउने लेक्चरलहरुको समेत तालिममा सहभागिता जनाउने छन् ।
    एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा पाच सदस्य विशेषज्ञ टोलि तालिम दिनका लागि रुपन्देही आईपुगेको छ । जसले सिंगापुरमा प्राक्टिसमा आएका नयाँ नर्सिङ प्रवृद्धि र आधुनिक नर्सिङ प्रणालीको बिषयमा तालिम दिने बताईएको छ ।


    सोमबार तालिमको उद्धघाटन गर्दै प्रध्यापक लिम सुई हिया, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका प्रिन्सिपल प्रध्यापक डाक्टर आनन्द कुमार र अस्पतालकै मेडिकल सुपरिटेन्डेन्ट प्रध्यापक डाक्टर सदनमुखीले तालिममा ध्यान दिएर सहभागिले सिंगापुरको नर्सिङ पद्धतिका विषयमा जानकारी लिन अनुरोध गरेका थिए ।
    युनिभर्सल मेडिकल कलेज भैरहवाकी नर्सिङ कार्यक्रम संयोजक तथा नेपाल नर्सिङ संघकी क्षेत्रीय सदस्य सरज गुरुङको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा सहभागिलाई मंसिर १६ गते देखी १९ गते सम्म हुने तालिमको बिषयमा जानकारी गराईएको आयोजक सदस्य आस्था शर्माले जानकारी दिईन ।
    विरामीहरुको सघन उपचारको अवस्थामा नर्सहरुले ध्यान दिनुपर्ने विषयमा समेत दिन थालिएको यो तालिम नेपालको काठमान्डौ, पोखरा, चितवनमा भैसकेको छ । रुपन्देहीमा पहिलो पटक सञ्चालन गरिएको नेपाल नर्सिङ संघ रुपन्देहीकी सचिव सुलोचना घिमिरेले बताईन ।
    तालिम दिनका लागि सिंगापुर बाट प्रध्यापक लिम सुई हियाको नेतृत्वमा सिटी नाडिया विटी याहा, लिम कुवेन रु, जुली टे र लिम चुन चाई रुपन्देही आईपुगेका छन् ।

    फोटो फिचर

    एलाईस लि इस्टिच्यूट अफ एडभान्स नर्सिङ अस्पताल सिंगापुरका प्रध्यापक लिम सुई हियाकले सहभागिलाई तालिमको बारेका जानकारी दिदै

    क्रिटिकल केयर सम्वन्धी चार दिने तालिममा सहभागीहरु

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.