लुम्बिनीखबर
भैरहवा, फागुन । ब्रह्माकुमारी ईस्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय भैरहवाले आध्यात्मिक जागृति विषयक व्यवहारिक प्रवचन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

मनलाई सकारात्मक र शान्ति आध्यात्मिक जागृतिबाट प्राप्ति हुने विशेष प्रकारको प्रवचन उक्त विश्वविद्यालयमा गरिएको हो । कार्यक्रममा ब्रह्माकुमारी अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आवु राजस्थान भारतबाट राजयोगिनी ब्रह्माकुमारी गीता दिदीले प्रवचन दिएकी थिइन् ।
सकारात्क सोचको कला विकास गरे मात्र समाज र मानिसको विकास हुने भन्दै ब्रह्माकुमारी गीता दिदीले शान्त मन संयमित तथा समृद्धिका लागि आध्यात्मिक मार्ग आवश्यक रहेको प्रवचन कार्यक्रममा बताए । विश्वविद्यालयको क्षेत्रीय प्रमुख शान्ति दिदीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य इस्तियाक अहमद खानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भैरहवा क्षेत्रका स्थानीयहरु तथा कर्मचारी र धार्मिक व्यक्तित्वहरुको सहभागी भएको थियो । ब्रह्माकुमारी अनिशा पौडेलको सञ्चालन तथा ब्रह्माकुमारी भुपेन्द्र अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।