logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    कोभिड – १९ सचेतना टि–सर्ट बितरण गर्दै सिद्धार्थ सिमेन्ट


    ८ चैत्र २०७६ , शनिबार

    कोभिड – १९ सचेतना टि–सर्ट बितरण गर्दै सिद्धार्थ सिमेन्ट

    कमल रायभाझी
    भैरहवा, ८ चैत । स्थानिय क्षेत्र सम्म सरकारी तह वाट कोरोना भाईरस रोकथामका लागि उचित कदम नचालिएको अवस्थामा निजि क्षेत्र र संघ सस्थाबाट भने यसको रोकथाम तथा सचेतना मुलक कार्यक्रम सुरु गरिएको छ ।


    रुपन्देहीमा रहेको सिद्धार्थ सिमेन्टले कोबिड – १९ सचेतना मुलक टि–सर्ट बितरण कार्यक्रम आज राखेको छ । बिहान १० बजे जिल्लाको सदरमुकाम क्षेत्रमा टि–सर्ट बितरण कार्यक्रम राखिएको सिमेन्ट उद्योगका महाप्रवन्धक अरुण अग्रवालले बताए ।
    वितरण गरिने टि–सर्टमा कोरोना भाईरस रोकथाम र यसको सचेतना मुलक सन्देश छापिएको सिमेन्ट उद्योगले जनाएको छ । टि–सर्ट स्थानियहरुलाई बितरण गरिने र आवस्यक अनुसार सरकारलाई सहयोग गर्ने कार्यमा पनि उद्योगले निरन्तरता दिने उक्त उद्योगका सञ्चालकहरुले बताएका छन् ।
    २०७२ सालको नाकावन्दी र भुकम्पमा पनि प्रभावित क्षेत्रहरुमा पुगेर खाध्यान्न र आवश्यक सामाग्री बितरण गरेको सिद्धार्थ सिमेन्ट उद्योगले यस क्षेत्रको सामाजिक कार्यमा सधै सहयोग पुराउदै आएको छ ।
    जिल्लामा रहेका लायन्स तथा रोटरी क्लवहरुले पनि माक्स तथा सेनेटराईजहरु बितरण गरिरहेका छन् । यस क्षेत्रका सामाजिक संस्था मायादेवि च्यारिटेवल फाउन्डेसन र वास रुपन्देहीले सयुक्त रुपमा कोरोनाको चेकजाच कार्यक्रमलाई पनि अगाडी बढाएको छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.