असलम खान
मर्चवार, २१ चैत । रुपन्देहीको समरीमाई गाउँपालिका मर्चवारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका स्थानियहरुका लागि राहत बितरण तथा सचेतना मुुलक कार्यक्रम शुरु भएको छ ।

गाउँपालिकाले स्थानियहरुको घरघरमा पुगेर राहत बितरणका लागि तथ्याङक संकलन गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । टोलटोलमा पुगेर सचेचना मुलक माईकिङ समेत गरेको गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला –बव्लुले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष शुक्लाले बिदेश बाट आएका स्थानियहरुलाई भैसागहनमा रहेको मदरसामा १५ बेडको क्यारेन्टाईन निर्माण गरिएको समेत बताए । उनले क्यारेनटाइनमा बस्नेहरुलाई उचित खाना र स्वास्थ्यको व्यवस्था समेत सुरक्षाकर्मी स्वास्थ्यकर्मीहरु संगको सहकार्यमा गरेको जानकारी दिए ।
राहत बितरणका लागि गाउँपालिकामा ७ हजार २ सय जनाको तथ्याङक निकालिएकाले अव भोलि शनिवार देखि राहत बितरण युद्धस्तरमा गरिने अध्यक्ष शुक्लाले बताए ।
गाउँपालिकाले अहिले १ करोड रुपैया कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण र राहत बितरणका लागि छुट्टाएको गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख टेकराज भट्टराई बताए । गाउँपालिकामा लकडाउनका समयमा स्थानिय जनतामा कुनै प्रकारको समस्या नपरोस भनेर २४ सै घण्टा जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारी खटिएको पनि प्रमुख प्रशासकिय अधिकृत भट्टराई जानकारी दिए ।
तस्बीर आफै बोल्छ :

गाँउपालिकाको पिकअप राहत तथा क्यारेन्टाईनका लागि आवश्यक समान भैरहवा बाट गाउँपालिका तर्फ जादै ।

गाउँपालिका अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी घरघरमा पुगेर सचेतना तथा स्थानिय जनताको ज्वरो चेकजाच गर्दै ।